Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २६ गते, बिहान १०:१४ बजे
झापा - JP

पन्ध्र लाखको लागतमा खानेपानी ट्याङ्की निर्माण

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २६, झापा । होक्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिले झापा
बुधबारे १ को भोटेटारमा २ लाख ७५ हजार लिटर क्षमताको रिर्जव ट्क्याङ निर्माण कार्य सम्पन्न भएको छ

समितिका अध्यक्ष भिमकुमार नेवारले करिव १५ लाखको लागतमा सो
ट्याङ्की को निर्माण कार्य सम्पन्न भएको बताएका छन् । जिल्ला विकास समिति झापा र जिल्ला प्राविधिक
कार्यालय झापाको सहयोगमा सो निर्माण गरिएको हो ।

ट्याङ्की चालू
भएपछि बुधबारे १,२ र ३ का करिव ७ सय २८ घरका उपभोक्ता प्रत्यक्ष लाभाविंत हुने नेवारको भनाई छ ।