Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 18, 2021 चितवन - CTW, समाज

ज्यान मुद्दाका अभियुक्त पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ६, चितवन। जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ घर भई भरतपुर महानगरपालिका–९ भाडामा बस्ने ३५ वर्षीया शोभा विक छन् ।&nbsp;<br></p><p>उनलाई प्रहरीले यही फागुन २ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विकलाई सार्वजनिक गरेको हो । विकले विसं २०७७ असोज ७ गते भरतपुर–९ शरदपुर बस्ने ७४ वर्षीय बाबाहजुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>विकले थापाको हत्या तथा लुटपाटका क्रममा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । घटनास्थलबाट मोबाइल, गरगहनासमेत लुटेर लगेको विकले स्वीकारेको प्रहरीले जनाएको छ ।</p>