सम्राट सिंह | साउन २२, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा रहेको प्रशिद्घ सुर्मादेवि मन्दिर परिसरको सरसफाईमा सामुदायिक प्रहरी जुटेका छन । शनिबार सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई कार्यक्रमको आयोजना गरीे मन्दिर परिसर सरसफाई गरेको हो
आफ्नो आगन आफै सफा गरौ भन्ने मुल नाराको साथ र्याली सहित बजार परिक्रम गरी सरसफाई कार्यक्रम शुरु गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । सरसफाई कार्यक्रममा स्थानिय विकास अधिकारी प्रेम गिरी, प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द र सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु पत्रकार लगायत प्रहरीको उपस्थिती रहेको थियो ।
जिल्लाको सदरमुकाम चैनपुरमा रहेको मन्दिर परिसर फोहोर भएपछि मन्दिर सरसफाई गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गोकुल बहादुर सिंहले बताए । सदरमुकाम चैनपुरमा रहेका ब्यापारीलाई आफ्नो आगन आफै सफा गर्नुपर्छ भन्ने शन्देश समेत दिएको उनले भनाइ छ ।