पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ९, काठमाडौँ ।</b> सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । आइतबार सर्लाहीको मलंगवा नगरपालिका ३ स्थायी घर भएका ४१ बर्षिय मो.मेराज मिकरानीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । <br></p><p>उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आएर कतार एयरवइजको उडानद्वारा दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला थान- ३ (तीन) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । </p><p>उनको साथमा फेला पारेको बाला बरामद गरेर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।</p>

