साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीलाई छुट्टै गाँउपालिकाको माग राख्दै बस्ती भेटघाट तिव्र

२२ श्रावण २०७३, शनिबार ०६:२०

साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै नगरि हजुवाको भरमा ल्याएको प्रतिवेदनले जनता लडाउने काम गरेको भन्दै आयोगको ध्यानाकर्षण गरेको छ । भने अन्य दलहरु पनि आयोगको कामप्रति खासै सन्तृष्ट छैनन् । 

यसै सन्र्दभमा कञ्चनपुरमा बेलौरी र भीमदत्त नगरपालिका मात्रै नगरपालिका र अरु गाँउ पालिका बन्न सक्ने जनसंख्याले आधार निर्धारण गरेका बेला बेदकोट नगरपालिकालाई भीमदत्तमा मिलाए उप महानगरपालिका बनाउने प्रस्तावको स्वयम बेदकोटकै राजनीतिक दलहरुले बिरोध गर्दै बेदकोट नै कायम राख्नुपर्ने माग अघि सारेका छन् । 

यस्तै आयोगको प्रतिवेदन अनुसार दोधारा–चाँदनी समेत गाँउ पालिका बन्न सक्ने आधार नभएका बेला महाकाली पारी भएकाले अपवाद मान्दै छुट्टै स्थानिय निकायको माग गरिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी नगरपालिका जनसंख्याका आधारमा गाँउपालिका र नगरपालिका बन्ने छैन् । 

तसर्थ अब उक्त नगरपालिकालाई कुन स्थानिय निकायमा समायोजन हुने या छुट्टै गाँउ पालिका बनाउने भन्ने अन्यौता छाएको छ । त्यहाँ रहेका दलहरु समेत अन्यौलमा परेका छन् । कसैले रामपुरविलासपुरका केही वडा मिलान गरेर गाँउ पालिका भन्दै छन्, भने कसैले बेलौरीमा समायोजन हुनुपर्नेमा जोडदार माग गरेका छन् । यस अघि बेल्डाँडी नागरिक मञ्चका पदाधिकारीहरुले भने बेदकोट सित मिल्नुपर्ने बताएका थिए । तर, बेल्डाँडीका सचेत युवाहरुले भने बेल्डाँडीलाई बेल्डाँडी गाँउ पालिका र बेलौरीसंग समाहित हुनुपर्ने माग राख्दै बस्तीभेटघाट गरिरहेका छन् । भूगोलको हिसाबले पनि बेल्डाँडीलाई छुट्टै विकासका लागि गाँउ पालिका बनाईनुपर्ने युवाहरुको पहिलो प्राथामिकता परेको छ । 

बेल्डाँडीका सचेत युवा एकेन्द्र शाहले बेल्डाँडीलाई रामपुरका केही वडाहरु मिलान गरेर बेल्डाँडी छुट्टै गाँउपालिका बनाउनका लागि आम जनसमुदायसंग छलफल र सुझाव संकलन शुरु गरेको बताउनुभयो । उहाँका अनुुसार शनिबार देखि राजनीतिक दल, नागरिक समाज, अगुवा, शिक्षक, बुद्धिजिवी लगायत सर्वसाधारणहरुसित छलफल गरिरहेको बताए । 

बेल्डाँडी बेदकोट संग मिल्दा बेल्डाँडीका दलहरुको समेत अस्थित्व संकटमा पर्नुका साथै भौगोलिक रुपमा जतालाई समस्या हुने बताए । तसर्थ बेल्डाँडीलाई पहिलो प्राथामिकतामा रामपुरका वडाहरु मिलाएर छुट्टै गाँउपालिका बनाउनुर्नेमा जोडदिएका छन् । 

छुट्टै गाँउ पालिका बन्ने आधार नभए बेलौरीमा समाहित हुनुपर्नेमा उनको भनाई छ । यस्तै बेल्डाँडीकै अर्का युवा लोक बहादुर बलायरले बेल्डाँडीको ऐतिहासिक पहिचान भएकाले सर्वप्रथम बेल्डाँडी अलगै गाँउ पालिका बनाउनुपर्नेमा जोडदार माग गरेका छन् । यदी बेल्डाँडी छुट्टै गाँउपालिका नबने बेलौरीसंग समाहित भएर बेल्डाँडी विषेश भौगोलिक स्वयत्त क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । बेल्डाँडीका युवा मदन भट्टले छुन्छ, भने बेल्डाँडीलाई छुट्टै गाँउपालिका बनाउनुपर्नेमा जोडदिएका छन् ।

 जनतालाई सुविधा जहाँ बाट हुन्छ, त्यही काम जनताले गर्नुपर्नेमा जोड दिए । बेल्डाँडीका अर्का युवा सुरेन्द्र बहादुर देउवाले बेल्डाँडीलाई छुट्टै बनाउनुपर्नेमा एकमत जनाउदै बेलौरीमा समाहित भएपछि बेलौरी नगरपालिका कार्यालय कलकत्तामा राख्नुपर्नेमा विषेश जोडदिएका छन्  । ‘सबै भूगोल समेट्ने सबै जनताको विच केन्द्र कलकत्ता हो ।’ उनले भने ‘अब कलकत्तामा केन्द्र बनाउनुपर्छ ।’ बेल्डाँडीका स्थानियहरुले वैज्ञानिक तथा जनताको आवश्यकता, भावना अनुसार काम गर्न समेत आयोगलाई सुझाव दिएका छन् । 

जनताको आवश्यकता, भावना लत्याएर एकलैटी ढङबाट काम गरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । स्थानिय तह पूर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका संयोजक मोहन प्रशाद पौडेलले स्थानिय दलका प्रतिनिधीहरुले गरेको सहमती आफुले केन्द्रमा पठाउने बताउनुभयो । 

‘दलका प्रतिनिधीहरुले आयोगको मापदण्ड अनुसार गरेको निर्णय मैले केन्द्र पठाउने हो ।’ उनले भने ‘कुनै क्षेत्र विषय विवादमा परे विवाद देखाएर आयोगलाई जानकारी गराईन्छ ।’ आयोगले देशमा ५६५ मात्रै स्थानिय निकाय बनाउने प्रतिवेदन अघि सारेपछि दलका नेताहरु संकटमा पर्ने निश्चित छ । सानो क्षेत्रमा हालिमुहाली गर्दै आएका केही नेताहरुको अस्थित्व नै संकटमा पर्ने खतरा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य