२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०७७, ११ फाल्गुन मंगलवार ०९:१९

फागुन ११, काठमाडौं । फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित ३५ लाख ऋणपत्र फागुन १९ गतेदेखि बिक्री खुल्ला गर्ने भएको हो ।

वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको ‘८.७५% प्राइम डिबेञ्चर २०८५’ नामक उक्त ऋणपत्रको बिक्री ढिलोमा चैत १२ गते बन्द हुने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कुल ऋणपत्रको १४ लाख कित्ताको हुन आउने १ अर्ब ४० करोड रुपैयाँ सर्वसाधारणको लागि छुट्याइएको छ । जसको ५ प्रतिशत अर्थात् ७० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याइएको छ । साथै, २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने उल्लेख गरिएको छ ।

बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाबाट र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो