नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् । "/>
2026-09-19 03:01 AM
बैतडी - BTD

छुट्टै गाउँपालिकाको माग गर्दै श्रीकोटका स्थानीयद्वारा यातायात ठप्प

नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प पारेका छन् ।  

श्रीकोट, श्रीकेदार, देउलेक, सित्तड, न्वाली, रीम, कटौजपानी, हटैराज समेटेर छुट्टै गाउपालिका बनाउनपर्ने माग राख्दै स्थानीयले यातायात ठप्प पारेका हुन । 

स्थानीय क्षेत्रका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आवद्ध जिल्ला स्तरीय कार्यकर्ताहरुले बिज्ञप्ती प्रकाशित गरी यातायात बन्दको घोषणा गरेका हुन । विज्ञप्तीमा नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका जिल्ला अध्यक्ष समेत रहेका घनश्याम भट्ट, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव समेत रहेका चक्र कार्की र माओवादी केन्द्रका जिल्ला सदस्य रहेका नवराज भट्टले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

शुक्रबार विज्ञप्ती जारी गर्दै पुर्नसंरचना कार्यदलद्धारा प्रस्तावित खाकाको विरोधमा शनिवार बिहानैदेखि यातायात अवरुद्ध गरेका हुन । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई लिखित तथा मौखिक रुपमा जानकारी गराउदा समेत आफुहरुको माग बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको उनीहरुले बताए । 

यातायात बन्दका कारण गोकुलेश्वर, दार्चुला, गन्ना लगायतका क्षेत्रमा जाने र आउने यातायातका साधन बाटोमै रोकिएका छन् । समितिले बैतडीले तयार गरेको प्रारम्भिक खाकामा यी गाविसहरुलाई दशरथचन्द नगरपालिकामा समेटेको छ ।  

यस्तै, देहिमाण्डौं, गुरुखोला, दुर्गास्थान, ग्वाल्लेक, नागार्जुन लगायत क्षेत्रका बासिन्दाले छुट्टै गाउपालिकाको माग गरेका छन् । देहिमाण्डौंमा सर्वपक्षीय भेला बोलाएर आफुहरुको माग नसमेटे आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई