Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषि मन्त्री अर्याल

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभएको छ । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहिवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो ।

कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । इजरायली कृषि प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अब कृषिमा यन्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौं, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौं ।’

लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँशहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाई संचालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्राइने भएको छ ।

त्यस अवसरमा इजरायलका राजदूत खनान गोडेरले ७० बर्षअघिसम्म खाद्यान्न अभाब हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अबस्थामा पुगेको जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उहाँले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उहाँले बताउनुभयो ।

कृषि मन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा लगायतले बिहीबारै लमजुङको दुराडाँडास्थित ‘आरभा कृषि फार्म’को पनि निरिक्षण गर्नुभएको थियो । इजरायलबाट ब्यावसायिक तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुले खोेलेको उक्त अत्याधुनिक कृषि फार्ममा २ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।