साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु "/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा भ्यानको ठक्करबाट बालकको मृत्यु

२०७३, २२ श्रावण शनिबार ०८:३०

साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा११ च ९६८२ नं सिङ्गल क्याप भ्यानले तनहुँको बन्दिपुर नगरपालिका– ६ विमलनगरस्थित पृथ्वीराजमार्गमा ठक्कँर दिँदा सो दुर्घटना भएको हो । 

उक्त भ्यानमा सवार सिन्धुपाल्चोक जिल्ला चौतारा गाविस– ६ बस्ने वर्ष ४२ का केदार शर्मा घाइते भएकोले डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उक्त भ्यानको ठक्करबाट सख्त घाइते भएका बालक चेपाङको उपचारको लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । उक्त भ्यान र चालक इलाका प्रहरी कार्यालय डुम्रेको नियन्त्रणमा रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ