फागुन १४, काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

ज्योति लाइफको आइपीओ २३ गतेबाट, अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन पाइने
Leave a Comment
Leave a Comment