७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नाका नखुल्दा चुलो बल्नै सकस

१४ फाल्गुन २०७७, शुक्रबार ०९:०३

फागुन १४, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ की रुपा चौधरी दैनिक सीमावर्ती भारतीय बजारबाट साइकलमा सामान ढुवानी गरेर जीविका चलाउनुहुन्थ्यो ।

भारतीय बजार वनबासाबाट साइकलमा दैनिक १०० क्विन्टलभन्दा माथि दैनिक उपभोग्यलगायतका सामान महेन्द्रनगर बजारसम्म ढुवानी गरेर पाउने पारिश्रमिकले गुजारा गर्दै आएकी चौधरी गत वर्ष चैत महिनादेखि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नाका बन्द गरेपछि थला परेकी छिन् । “करिब आठ वर्षसम्म भारतबाट कडा परिश्रम गरेर साइकलको सहारामा परिवारको खर्च चलाउँदै थिए”, उहाँले भन्नुभयो, “यो कोरोना भाइरस त गरिबका लागि मात्रै अभिसाप भएछ ।”

बन्दाबन्दीमा श्रीमान्ले पनि मजदूरी गर्न जान नपाएपछि निकै सास्ती झेल्नुपरेको उहाँको भनाइ छ । पछिल्लो केही महिनायता कोरोना सामान्य बन्दै गएपछि यहाँको सिमाना सहजरुपमा सञ्चालनमा हुने सबैको अनुमान थियो । तर अहिलेसम्म सीमानाका सहज हुन सक्दा चौधरी निराश हुनुहुन्छ । “सरकारले पनि यहाँका सीमानाका सुचारु गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले सहजरुपमा आउन जान नदिँदा मजदूरी गर्न समेत नपाइने भयो”, उहाँले भन्नुभयो, “मजदूरी गर्न भारत जाँदा कोरोना नलाग्ने अनि वनबासा गएर सामान ल्याए लाग्ने कुरै भएन ।”

चौधरीजस्तै सीमावर्ती भारतीय बजार वनबासाबाट दशकौँदेखि महेन्द्रनगरका व्यापारीको सामान ढुवानी गरेर छाक टार्ने विपन्न समुदायका १०० भन्दा बढी महिला यतिबेला विचल्लीमा छन् । महेन्द्रनगरका व्यापारीको माग साइकल ढुवानीका भरमा चलेको छ । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका एक दर्जन सङ्घ÷संस्थाले गड्डाचौकी नाकाबाट आवागमन सहज बनाउन स्थानीय प्रशासनलाई माग गर्दा पनि सुनुवाइ भएको छैन । “यहाँका व्यापारीको माग अनुसार वनबासाबाट साइकलमा सामान ल्याएर दैनिकी चलाइरहेको थिए”, भीमदत्त नगरपालिका–१८ बागफाँटाका विश्ना नेपालीले भन्नुभयो, “अहिले घरमा अरु व्यवसाय गर्न लगानी नहुँदा चुप लागेर बस्नुपरेको छ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंहले स्थानीय प्रशासनले नाका सहज नबनाएकोमा दुःख व्यक्त गर्नुभयो । “बन्दाबन्दीका बेला भारतबाट ल्याएर सडेका केरासम्म गाउँ गाउँमा वितरण भए, अवस्था सामान्य हुँदा पनि अहिले ठूला सवारी साधनबाट सामान आएकै छ”, उहाँले भन्नुभयो, “तर साइकलका भरमा भारतबाट सामान ल्याएर गुजारा गर्ने निम्न वर्ग र साना व्यापारीको पीडा बुझ्ने कोही भएन ।” उहाँले देशभरका नाकाहरु सहज हुँदा पनि गड्डाचौकी नाका सहज हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । 

“पटक पटक नाका सहज बनाउन भनेका पनि छौँ ।” उहाँले भन्नुभयो, “कोरोना सामान्य बन्दै जाँदा सबैको जीवन सामान्य अवस्थामा फर्काउन पहल आवश्यक छ ।” त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउन स्थानीय प्रशासनले पहल नगरेको बताउनुभयो । “नाका सजह बनाउने विषयमा सुनुवाई नै भएन”, उहाँले भन्नुभयो, “भारत आवतजावत गर्ने प्रक्रिया झन्झटिलो हुँदा धेरै यात्रुले सीमामा दुखः पाइरहेका छन् ।”

कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अधिृकत केशवराज विष्टले ठूला सवारी साधनमा मात्रै भारतबाट सामान आयात भइरहेको बताउनुभयो । “साइकलबाट विगतमा हुने गरेको ढुवानीले विपन्न वर्गको खर्च चले पनि भन्सार राजश्वमा धेरै फरक पारेको थिएन”, उहाँले भन्नुभयो, “साइकलमा हुने ढुवानी अहिले गाडीबाट हुँदैछ ।” उहाँले साइकल, मोटरसाइकलबाट गरिने ढुवानी र भारतीयलाई नेपाल आउन विगतजस्तो सामान्य भइनसकेको बताउनुभयो । 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दीसँगै अन्तरराष्ट्रिय नाका बन्द गरिएकामध्ये नेपाल–भारत जोड्ने सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाका पनि एक हो । गत चैत १० गतेदेखि बन्द गरिएको नाका केही सर्तसहित आंशिक सञ्चालन भए पनि अझैसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन । 

व्यावसायिक सामान तथा प्रशासनको अनुमतिमा आउजाउ भइरहेको छ । नाका बन्दका कारण चोरी तस्करी बढेको र निश्चित केही व्यवसायीले सेटिङमा सामान ल्याउने गरेका कारण अन्य व्यवसायी मारमा परेको भन्दै नाका सहज रूपमा खुलाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । 

दुवै देशका नागरिकबीच सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्ध रहेकाले नाका सहज रूपमा सञ्चालन हुनुपर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् । 

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले गड्डाचौकी नाका सहज सञ्चालन हुन नसक्दा महेन्द्रनगरसहित सीमावर्ती क्षेत्रका होटेल व्यवसाय क्षेत्र चौपट भएको बताउनुभयो । “कोभिड–१९ का कारण लामो समयदेखि घरमै बसेका भारतीय पर्यटकका लागि नजिक र सुरक्षित गन्तव्य नेपाल हो”, उहाँले भन्नुभयो, “तर, भारतीय नागरिकलाई नेपालमा सहज आउन दिएको छैन ।” 

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले गृह मन्त्रालयले नाका खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनबाट सहज नहुँदा सीमा क्षेत्रमा सास्ती खेप्नुपरेको बताउनुभयो । नाका सहज रूपमा सञ्चालन नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या