साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोष"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जलविधुत परियोजनामा बीस करोड घाटा

२२ श्रावण २०७३, शनिबार ०९:२१

साउन २२, पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । 

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ । 

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको सयाँैं पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो । 

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताउनुभयो । 

यता विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होेर्नु परेको उहाँको भनाइ छ । 

विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । हाल पाँचहजार ३०० मिटर टनेलमध्ये ४ हजार मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्णकार्य सम्पन्न हुनेछ । 

काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रालिका अध्यक्ष तिम्सिनाले बताउनुभयो । प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको रु तीन अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर आयोजनाको लागत थप रु २० करोड बढ्ने भएको छ । 

आयोजनाको काम सुरु हुनुभन्दा अगाडि कम्पनीले स्थानीयवासीसँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसार सिँचाइ, पिउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयवासीले आयोजनाको काममा अवरोध पु¥याउँदै आएका छन् । 

आयोजना निर्माणको क्रममा फिदिम–४, स्थित डाँडा सामुदायिक वन, फिदिम– ५, स्थित देउराली सामुदायिक वन र स्थानीयवासीको गरी १२ हेक्टर जग्गा अतिक्रमण भएको छ । 

कम्पनीले उक्त जग्गाको मुआब्जा अझै पनि उपलब्ध नगराएको स्थानीय सरोकार समितिका अध्यक्ष प्रेमप्रसाद लिम्बूले बताउनुभयो । कम्पनीले स्थानीयसँग गरेको १० बुँदे सम्झौता इमानदारिताका साथ पूरा नगरे अझै आयोजनाको काम प्रभावित हुने अध्यक्ष लिम्बूको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक