2026-09-12 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

फागुन १७, डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६÷७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।

राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जिल्लाभरीबाट तीन हजार ६४५ ले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् । सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ठूलो रहेको बताइएको छ ।

अघिल्ला वर्षको तुलनामा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या घट्दै गएको भए पनि अझै पूर्ण रुपमा अन्त हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आव २०७४÷७५ मा २० प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आव २०७५÷७६ मा १७ प्रतिशत र आव २०७६÷७७ मा ११ प्रतिशत महिला उमेर नपुग्दै आमा बनेका छन् । 

सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६९९ मध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।  चालू आर्थिक वर्षको साउनयता मात्र दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रमा मात्रै ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिएको पाइएको छ । 

जिल्लामा सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दै जान थालेपछि यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजङ्ग कुँवरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ