Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १७, सिरहा । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले निर्घात कुटपिट गर्दा अजितको मृत्यु भएको परिवारजनले बताएका छन् । कुटपिटबाट गम्भीर घाइते भएका अजितलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिनुभयो ।

आपसी विवादमा मुनेश्वरलगायतका व्यक्तिले निर्घात कुटपिट गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपिटका कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतकको शव परीक्षणको लागि सिरहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

अवैध भारतीय नोटसहित यादव पक्राउ

प्रहरीको टोलीले दुई लाख ५० हजार अवैध भारतीय नोटसहित सिरहाबाट आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सहरसा ग्राम किसनपुर पञ्चायत–२ निवासी ६० वर्षीय चतुरी यादव रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई रु दुई हजार दरको तीन थान र ५०० दरको ४८८ थान गरी रु दुई लाख ५० हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाइएको प्रहरीको भनाइ छ ।