2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साग बेचेर कापि कलम जुटाउदै

दान बहादुर बुढा । फागुन १८ मुगु ।  मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ५ मा जन्मनु भएकी श्रृष्टी कार्की हिजो आज आफ्नो पढाई खर्च जुटाउनको लागी साग बेचेर कापि कलम जुटाउर्ने गरेकी छन ।

जन्मेको गाँउमा नजिकै रहेको श्री नेपाल राष्ट्यि आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाई खर्च जुटाउने अन्य कुनै स्रोत नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साग, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च जुटाउर्ने गरेका कार्कीले बताइन ।  

‘म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको छु । आफुले यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन’ उनले भनिन , ‘यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैयाका दरले बजारमा बिक्री गर्ने गरेको छु । एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुन्छ ।’ साग बेचेरै आफुले पठनपाठनमा र लुगा र अन्य घर खर्च चलाउनमा  ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।    

घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाँल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन । उनले थपिन शनिवारको दिनमा सरसफाई गर्ने , विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरु सँग खेल्ने कुरा त परै जावस बढि समय तरकारी तिर र बचेको समय पठन पाठनमा प्रयोग हुर्ने गरेको पनि बताईन यी श्रृष्टि एक मात्र नमुना हुन मुगु जिल्लाको सदरमुकाम गमगढी बजार नजिकै रहेका दर्जनै बस्ती का बालबालिकालाई  खेल्नको चिन्ता होईनकि कापि कलम कसरी जुटाउने र पढ्ने लेख्ने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा शिक्षक जनक बहादुर रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल