२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

२०७७, १८ फाल्गुन मंगलवार ०७:५०

फागुन १८, काठमाडौँ । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी जमीनमा गोलभेँडाखेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडाखेतीतर्फ आकर्षित हुँदै आएका छन् । 

कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मङ्सिरदेखि माघसम्म अर्थात् तीन महिनामा रु ११ करोड २८ लाख ४४ हजार ५०० को गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० केजी गोलभेँडा खरीद गरेर निर्यात गरेका छन् ।

माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार ५०० केजी अर्थात् रु छ करोड २० लाख ५६ हजार बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिनुभयो । माघमा गोलभेँडा प्रतिकेजी रु १२ देखि २० मा किनबेच भएको छ ।

त्यस्तै पुस महिनामा १४ लाख ४४ हजार १०० केजी अर्थात् रु तीन करोड २४ लाख ९२ हजार २५० बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मङ्सिरमा भने तीन लाख ४८ हजार ५०० केजी अर्थात् रु एक करोड ८२ लाख ९६ हजार २५० बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ । 

मङ्सिर महिनामा किसानले गोलभेँडाको प्रतिकेजी न्यूनतम रु ४५ देखि ६० सम्म पाउने गर्दछन् भने पुसमा रु १० देखि अधिकतम ३५ मा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रतिकेजी अधिकतम रु १५ सम्ममात्र पाउने गर्दछन् ।

घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा रु ३५ करोड हाराहारीमा कारोवार हुने गरेको थियो । गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ । 

यसैगरी विगत तीन महिनामा सर्लाहीमा रु १५ करोडभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा रु १५ करोडभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् ।

नेपाली किसानले नदिएपछि भारतीय उखु आयात 

दक्षिणी  क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरुमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको हो ।     

नेपाली किसानको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै किसानले गुनासो गरेका छन् ।  नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कारवाही गरिनुपर्ने आवाज किसानले उठाउन थालेका छन् । 

उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले उखु किसानको भुक्तानी नियमित बनाउने बताउनुभयो । उहाँले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको बताउनुभयो । पछिल्लो समय केही उद्योगहरुले किसानको भुक्तानी समयमै नगरेका कारण जिल्लाका किसानको उखु खेतीप्रतिको आकर्षण घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । 

भारतीय उखु नेपालीभन्दा सस्तो मूल्यमा पाइने भएकाले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखुप्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ । उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । पहिला स्थानीय स्रोतसाधनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।रासस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो