२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

समस्या समाधानमा सरकार गम्भीर र इमान्दार भएन

२६ पुष २०७२, आईतवार ०६:२४

jhapa news

पुस २६, बिर्तामोड । मुलुकको बर्तमान समस्या
समाधानमा सरकार गम्भीर र इमान्दार नभएको सत्तापक्ष, आन्दोलनरत् दल तथा पहिचानवादी संगठनका नेताहरुले
बताएका छन् ।

झापाको बिर्तामोडमा आज आइतबार भएको ‘पहिचान तथा
सीमांकनको मुद्दा र सहमतिको विन्दु’ विषयको छलफलमा सहभागी नेताहरुले त्यस्तो बताएका हुन् । संवाद समूहको
सचिवालय झापाको संयोजनमा भएको छलफलमा नेताहरुले जतिसक्दो चाडो मुलुकलाई निकास दिन सरकारले विश्वासको
बातावरण बनाई बार्ताको माध्यमबाट सहमतिमा पुग्नुपर्ने बताए । लामो आन्दोलनले मुलुकलाई ठूलो क्षति
पु¥याएको भन्दै उनीहरुले सरकार र आन्दोलनरत् दुबै पक्ष लचकताका साथ मुलुकलाई सर्वोपरी ठानी प्रस्तुत
हुनुपर्ने बताए ।

मुलुकको समस्या व्यवस्थापन गर्ने मुख्य
जिम्मेवारी सरकारको भएकोले सरकार असल नियतका साथ प्रस्तुत हुनुपर्नेमा उनीहरुको जोड थियो ।
पहिचानवादीहरुबीच सीमांकनको विषयमा खासै विवाद नरहेको भन्दै उनीहरुले विश्वासको वातावरण भए विज्ञसहितको
आयोगद्वारा सीमांकन विवाद टुंग्याउन सकिने धारणा राखे ।

जिल्ला
टुक्र्याएर भएपनि अग्रगामी पुनःसंरचनामा जानुपर्ने र मुलुकलाई निकास दिन सहमतिको विन्दु पनि त्यही हुने
उनीहरुको धारणा थियो । दुवै पक्षवीच विश्वासको वातावरण निर्माण,लचकता र सहमतिका लागि दवाव दिनु पर्नेमा
समेत जोड दिइएको छ । बामपन्थी नेता लोकबन्धु कन्दङ्वाले राजनीतिक, प्राज्ञिक र प्राविधिक स्तरको छलफलबाट
तीनै पक्षका विज्ञको आयोग बनाएर सीमांकन विवाद टुंग्याउने गरी अघि बढ्नु नै सहमतिको उपयुक्त विन्दु भएको
बताए ।

सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, संघीय
समाजवादी फोरम नेपालका अध्यक्ष धीरेन लावती, फोरम लोकतान्त्रिकका अध्यक्ष भरतसिंह राजवंशी, फोरम
गणतान्त्रिकका अध्यक्ष सुन्दरलाल साह, तराई–मधेस राष्ट्रिय अभियानका संयोजक घनश्याम चौधरीले
पहिचानवादीलाई अहिलेको संविधानले उपेक्षित गरेको भन्दै आन्दोलनको भावनाको सम्मान गर्न आग्रह गरे ।
सहमतिका लागि राज्यले विभिन्न विकल्प प्रस्तुत गर्नुपर्ने उनीहरुको धारणा थियो ।

पूर्वी थारुवान कोचिला राज्यका नेता श्रीप्रसाद चौधरी, कोचिला मोर्चाका नेता हंश
राजवंशी, संघीय लिम्बुवान पार्टी नेपालका नेता केशव मैनाली, आदिवासी जनजाति महासंघका केवलराम राईले
राज्यले पहिचान र अधिकार सुरक्षित गरिदिनु पर्ने बताए । अहिले सिमांकन विवादमा रहेको झापा,मोरंग र
सुनसरीलाई अलग्गै प्रदेश बनाउदा पनि समस्याको हल हुने कतिपयको धारणा थियो । ती तीन जिल्ला लाई
कोचिला,लिम्बुवान,पूर्वी थारुवान कोचिला र मधेशवादीले आफ्नो राज्य हुनुपर्ने दावी गर्दै आएका छन्

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता
दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने