नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ ।"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

चार्जमा राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि घर आगलागि

२२ श्रावण २०७३, शनिबार १५:१३

नन्दराम जैशी | साउन २२, जुम्ला | घरमा चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएपछि जुम्ला पातारासि गाविस ५ छिपछिपेमा अवस्थीत अम्मर बुढाको घरमा गएराति आगलागि भएको छ । राति साढे दशबजे तिर घरभित्र चार्जमा राखिएको मोबाइल पट्केर विधुत् सर्ट भएपछि बुढाको घरमा आगलागि भएको हो । आगलागिबाट उहाको घरमा रहेको अन्न तथा सबै लत्ता कपडा जलेर नष्ट भएको प्रहरी चौकि डिल्लीचौरले जनाएको छ ।

आगलागिबाट घरमा करीब ५ लाख ७१ ह्जार ९ सय रुपैया बराबर क्षेति भएको प्रहरी मुचुल्कामा उल्लेख गरीएको छ । चार्ज राखिएको मोबाइलद्धारा विधुत् सर्ट भएर राति एक्कासि लागेको आगोको कारण मानविय क्षेति भने हुन पाएको छैन, भने आगलागिका कारण घरमा पालिएका १६ कुखुरा र २ वटा खरायो जलेका छन् । राति सबै गाँउले सुति सकेको अवस्थामा आगलागि भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको स्थानियको भनाइ छ । घर आगलागिबाट ठुलो क्षेति बेहोर्नु परेको अम्मर बुढाका ५ जना परीवार हाल आफन्तको घरमा बसि रहेका छन् ।

घरमा राखिएका खाने देखि सबै लगाउने कपडा जलेर नष्ट भएपछि बुढाको परीवार सहयोगका लागि सबैलाइ गुहार्न थालेको पातारासिबाट निराजन नेपालले जानकारी दिए । आगलागिले घरमा अहिले खाने र बस्ने केहि ठेगान नभएकाले अम्मर बुढाको परीवारले जिल्ला स्थीत सरकारी तथा गैर सरकारी कार्यालयलाइ सहयोगका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ