२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतीय युवकको शव आफन्तलाई बुझाइने

२१ फाल्गुन २०७७, शुक्रबार ०८:००

फागुन २१, कंचनपुर । कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।

लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । 

“नेपाल–भारत सीमा कटेर करिब ३०० मिटर वर आइसकेका चार भारतीय युवकसित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर गरे”, उहाँले भन्नुभयो, “जवाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।” घटनालगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्र्पकमा आएपछि मृतकको पहिचान खुलेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसहितको टोलीले आज बिहाज घटनास्थलको स्थलगत अनुगमन गरेको छ । “हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौँ”, प्रवक्ता थापाले भन्नुभयो, “शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।” भारतीय पक्षसित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिनुभयो ।

मृतकका आफन्त प्रहरीको सम्र्पकमा रहेको बताउँदै उहाँले मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्नमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य तीन भारतीय तस्कर भने फरार छन् ।” उक्त दोहोरो भिडन्तमा नेपाल प्रहरीका जवान वीरसिंह साउँद सामान्य घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ