२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

२३ फाल्गुन २०७७, आईतवार ०२:५७

फागुन २३, कञ्चनपुर (रासस)  । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । 

पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, २० वर्षीय विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका–३ का गोकुल धामी, २४ वर्षीय का दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका–४ का १९ वर्षीय  अजय कठायत, १८ वर्षीय बलराम कठायत, २० वर्षीय कमल कठायत, १८ वर्षीय प्रविन कठायत र बझाङ तल्कोट गाउँपालिका–३ का लोकराज जोशी रहेका छन् । 

यसैगरी  कैलालीको धनगढी उपमहानगरपालिका–४ का १८ वर्षीय विपिन चौधरी, सोही उपनगरपालिका–५ का  लक्ष्मण चन्द, १८ वर्षीय सागरबहादुर देउपा, बझाङको तल्कोट गाउँपालिकाका २२ वर्षीय दिनेश खाती, १९ वर्षीय नवीन जोशी र कैलालीको टीकापुर नगरपालिका–२ का १८ वर्षीय सागर बोहरा पक्राउ परेका छन् ।

यस्तै बझाङ थलारा गाउँपालिकाका २० वर्षीय शिवराज नेपाली, दुर्गाथली गाउँपालिका–५ का २० वर्षीय कृष्ण कठायत, जनवासा गाउँपालिकाका १९ वर्षीय विक्रम बोहरा, वुनपा–७ का २२ वर्षीय विमल बोहरा र जनपका २० वर्षीय जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ