२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिप्रकामा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

२५ फाल्गुन २०७७, मंगलवार ०८:०८

फागुन २५, डोटी । जिल्ला प्रशासन कार्यालयमा एक वर्षपछि सहायक प्रमुख जिल्ला अधिकारी हाजिर हुनुभएको छ । सहायक प्रजिअ हाजिर भए पनि  छजनाको दरबन्दी अझै खाली रहेको छ । गत वर्ष तत्कालीन सहायक प्रजिअ टेकनारायण पौडेललाई सोही ठाउँको प्रजिअ तोकिएपछि उक्त दरबन्दी खाली रहेको थियो । उहाँको समेत जिल्ला प्रशासनबाट अध्यागमन विभाग काठमाडौँ सरुवा भइसक्दासमेत  जिल्लामा सहायक प्रजिअ पठाइएको थिएन । 

गृह मन्त्रालयबाट वर्ष दिनसम्म सहायक प्रजिअ नपठाउँदा यहाँका नागरिकलाई समस्या भएको गुनासो बढेपछि बल्ल अहिले  गृह मन्त्रालयले सुदूरपश्चिम घर भएकी किरण जोशीलाई  सहायक प्रजिअका रुपमा पदस्थापना गरेको हो । उहाँले केही दिनपहिले मात्रै आफ्नो कामकाज सम्हाल्नुभएको प्रजिअ भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभाव त छँदैछ, ढिलै भए पनि सहायक प्रजिअ आउनुभएको छ, कामकाजमा केही सहज हुनेछ ।”

जिल्ला प्रशासनमा महिनौँयतादेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीहरु सास्ती झेल्न बाध्य हुँदै आएको सेवाग्राहीको गुनासो रहेको छ । प्रजिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ । 

नागरिकता फाँटका एकजना प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुइ र खरिदार चारमध्ये दुई, एक चालकको दरबन्दी पनि खाली छ । चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता रहेको स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाका लागि नागरिकहरु दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा रित्तो हात फर्किन बाध्य हुन थालेका छन्, सेवाग्राहीका मर्का कस्ले बुझ्ने ।”

सेवाग्राहीहरुको निवेदनमा तोक लगाउने एकजना मात्र अधिकृत रहेकाले दुई दिनसम्म धाउँदा पनि काम हुन नसकेको सेवाग्राहीको गुनासो रहेको छ । पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या अधिक रहेका कारण कर्मचारी अभावका हुँदा काममा केही समस्या हुँदै आएको खरिदार तेजबहादुर खड्काले जानकारी दिनुभयो । कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकतालगायत सेवा दिइने व्यवस्था मिलाएको छ । 

जिल्लाका विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटोछरितो सेवा प्रवाह हुन नसक्दा आफूहरु सास्ती झेल्न बाध्य रहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुको माग गरेका छन् । कार्यालयमा प्रजिअ (सहसचिव) एक, सहायक प्रजिअ एकजना उपसचिवसहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये एक, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एकजना चालकको दरबन्दी पनि खाली छ । लामो समयदेखि कर्मचारी अभावमा कार्यालयको कामकाज सञ्चालन गर्न तथा सेवाग्राहीलाई सेवा दिन समस्या पर्ने गरेको प्रजिअ भट्टराईले बताउनुभयो । आफूले गृह मन्त्रालयमा दरबन्दी खाली हुँदा समस्या भएको बारेमा जानकारी गराइसकेकाले चाँडो कर्मचारी आउन सक्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु