2026-09-12 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भूमिहीन बादी परिवारका लागि घर बन्दै

फागुन २६, डोटी । वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ । 

नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुई÷दुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न रु ४१ लाख ४९ हजार ९८.७६ मा ठेक्का सम्झौता भएको छ ।

उहाँका अनुसार घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख रकमबाट  तीन घरपरिवारलाई र आव २०७६÷७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पुर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दिलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त जग्गा बिक्री वितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो । चालू आवको असार मसान्तभित्र सातवटै घर निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको गत माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाहले बताउनुभयो ।

दुईकोठे सात घर निर्माणका लागि रु ४१ लाख ४९ हजार ९८.७६ मा ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ह्याबिटेट नामक संस्थाले प्राविधिक सहयोग गर्ने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्टले जानकारी दिनुभयो । यहाँका बादी समुदायका बालबालिका पढ्नबाट वञ्चित भएका कारण ती बादी समुदायको घर निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका कुराको पनि व्यवस्था हुनसके राम्रो हुने डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो घर र जमीन नभएका कारण बादी समुदायका बालबालिका पढाइबाट समेत वञ्चित रहेछन्, 

घरसँगै अब उनीहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था हुनु जरुरी भएको छ ।” लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा बसोबास गर्दै आएका बादी समुदायले घर र जमीन पाएपछि स्थानीयवासी निकै खुशी छन् । आफूलगायत सात घरपरिवारका लागि लालपुर्जासहितका घर निर्माण हुन थालेपछि निकै हर्षित भएको स्थानीयवासी माया बादीले बताउनुभयो । भूमिहीन यहाँका बादी समुदाय लामो समयदेखि समूहगाड, तिखा, राजपुर, सुनगडा, सेती प्राविधिकको मूलगेट, कालागाढलगायतका जिल्लाका विभिन्न क्षेत्रमा टहरा बनाएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ