2026-10-23 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

भीष्मराज ओझा । फागुन २६, ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून  रहेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवका अवसरमा यही फागुन १९ गतेदेखि सो कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल चिडियाखानामा रहेका तीनमध्ये एक गैँडाको एक महिनासम्म आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारीसमेत लिनुभएको थियो । यसैगरी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चिडियाखानामा रहेको एक मात्र हात्तीको आहारा, स्याहार र स्वास्थ्योपचारमा लाग्ने वार्षिक खर्चको जिम्मेवारी लिनु भएको छ । 

कार्यक्रमअन्तर्गत चिडियाखानाले शुरुआती चरणमा तत्काल हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार रस्वास्थ्यउपचारमा लाग्ने खर्चको विवरणसमेत सार्वजनिक गरिएको थियो । सो विवरणअनुसार बाघ, हात्ती र गैंँडाको वार्षिक खर्च जनही रु १५ लाख, हिप्पोपोटामसको वार्षिक खर्च रु १२ लाख, चिम्पाञ्जीको रु १० लाख, भालुको रु पाँच लाख, घडियाल गोहीको रु तीन लाख ५० हजार, रेड पाण्डाको रु दुई लाख ५० हजार, डाँफेको रु ७५ हजार, सारसको रु ७५ हजार वार्षिक खर्च रहेको छ ।

 यसैगरी नरङ्स हस्पिटालिटी प्रालिले सारसको, कन्टिनेन्टल ट्रेडिङका अदिती घिमिरेले रेड पाण्डाको, काष्टमण्डप इभेन्टस्ले सारसको, लक्ष्मी बैंकले लाटोकोसेरोको, मेघा बैंकले डाँफेको अविभावकत्व ग्रहण गरेका छन् । अन्य विभिन्न सङ्घसंस्था र व्यक्तिले चिडियाखानाका जीवजन्तुको अविभावकत्व ग्रहण गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी चालिसे बताउनुभयो ।

 चालू आर्थिक वर्षमा गत डिसेम्बर १० देखि मात्र चिडियाखाना अवलोकर्ताका लागि खुला गरिएको र फेब्रअरीसम्ममा रु करोड आम्दानी भएको चिडियाखानाको तथ्याङ्क छ । कोभिड–१९ अघिको समयमा अवलोकनबाटै वार्षिक झण्डै रु १४ करोड आम्दानी गर्ने चिडियाखानाको वार्षिक खर्च करीब रु ११ करोड रहेको छ ।

कोभिड–१९ अघि चिडियाखानामा बिदाको दिन दैनिक १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने गरेकामा हाल बिदाको दिन दैनिक पाँच हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको उहाँले बताउनुभयो । चिडियाखाना प्रवेश गर्न सर्वसाधारणका लागि रु १५०, बालबालिका र ज्येष्ठ नागरिकका लागि रु ९० र दक्षिण एशियाली मुलुकका नागरिकका लागि रु ३५० शुल्क तोकिएको छ ।

 तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ । करीब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न ११० प्रजातिका एक हजार १६० वन्यजन्तु रहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने