२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

२८ फाल्गुन २०७७, शुक्रबार ०७:५५

फागुन २८, डोटी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो ।

जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । उनको कारावास सजाय भने अदालतले अहिलेसम्म नतोकेको प्रहरीले जनाएको छ ।

भट्टराईको शव बुझे आफन्तले 

जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेका हुन् । 

मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएपछि बल्ल आएर आफन्तले शव बुझेका हुन् । मृतकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो । शव बुझेसँगै मृतकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ । अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुनुहुन्छ । उहाँ विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु