२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

रोजगारीका लागि पुरुष विदेश जान थालेपछि अधिकांश गाउँघर पुरुषविहीन बन्दै

२०७७, २८ फाल्गुन शुक्रबार ०९:१२

सानेबहादुर नेपाली ।  फागुन २८, तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । 

व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताउनुभयो । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उहाँले बताउनुभयो । 

पहिलापहिला गाउँका एक÷दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो हुने उहाँले बताउनुभयो । व्यास नगरपालिका–११ पोल्याङका उत्तम कैनीले गाउँ पुरुषविहीन बन्दै गएकाले पुरुषले गर्ने सबै कामकाज महिलाले नै गर्दै आएको उहाँले बताउनुभयो । 

युवाहरु गाउँमा नभएकाले बुढापाका र केटाकेटी धेरै भेटिने गरेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–६ का बिजय सुनारले विदेश जानको लागि राहदानी लिन आएको बताउनुभयो । राजनीतिक माहोल ठिक छैन, भ्रष्टाचार रोक्न सकिएको छैन सुनारले भन्नुभयो, “जागिर खान पनि आफ्नो मान्छे छैनन् एक पटक दुबई गएर आएँ, फेरि विदेश जाने सोचाइ बनाएको छु ।’’ 

असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहने जस्ता समस्या भएकाले युवाको विदेश जान रुचि बढेको उहाँले बताउनुभयो । रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय राहदानी बनाउन आउने युवाको भीड बढ्न थालेको छ । 

दैनिक ३० देखि ३५ जना राहदानी बनाउन कार्यालयमा आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । दैनिकरुपमा करीब पाँच जना महिला पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेको बरालले बताउनुभयो । परामर्श दिने क्रममा राहदानी लिन आउनेमध्ये अधिकांश खाडी मुलकमा काम गर्नका लागि जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

टिमुरखेतीतर्फ बढ्दो आकर्षण 

आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । 

थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिसहरु टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई सँगसँगै लैजान थालेको उहाँले जानकारी दिनुभयो । 

शुरुमा २५ जना मिलेर समूह गठन गरी व्यावसायिकरुपमा अघि बढाए पनि टिमुरखेतीतर्फ किसान क्रमिकरुपमा बढ्दै गएका छन् । तीन÷चार वर्षअघि केही व्यक्तिले थोरै थोरै टिमुरखेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् ।    

डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् । डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरेका हुन् । अध्यक्ष गुरुङले भन्नुभयो, “सबै घरधुरीले कम्तीमा २०० देखि ३०० बिरुवा लगाएका छन् ।”

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा टिमुरखेती गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार दुई सयदेखि एक हजार ६०० मिटर उचाइमा टिमुरखेतीका लागि उत्तम स्थल मानिने छ । बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् ।

रुखो जग्गा जमीन तथा बनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने र थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकै रुपमा टिमुरखेती थालेका छन् । स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाउनुभएको छ । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उहाँले जानकारी दिनुभयो । 

टिमुरको बिरुवा बाहिर किन्दा रु एक सयदेखि रु १५० सम्मपर्ने भए पनि समूहमार्फत ल्याउँदाप्रति बिरुवा रु ४० परेकाले सुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीतर्फ आकर्षित भएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ