साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्या"/>
2026-09-10 12:27 PM
इलाम - ILM

महिला तथा बालबालिका हराउने क्रम बढ्दो

साउन २३, इलाम । गत आव २०७२/७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । 

प्रहरीका अनुसार चालु आव सुरु भएको तीन हप्ता बित्न नपाउँदै सातजना महिला हराएका छन् । हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिएका छन् । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार विगत तीन वर्षको अवधिमा इलामबाट १४५ जना महिला हराएका छन् । बेरोजगारी, अशिक्षा र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हराउने क्रम बढेको हो । भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारीमा लगाइदिने बहानामा यहाँका गाउँ गाउँबाट युवा–युवतीलाई भारत लैजाने गरेको समेत पाइएको छ । 

इलामको पूर्वमा दर्जनौँ खुला सीमा नाका रहेकाले दलालले ललाइफकाइ र रोजगारीमा लगाइदिने बहानामा महिला तथा बालबालबालिकालाई भारत लैजाने गरेको माइती नेपाल पशुपतिनगरले जनाएको छ । 

रोजगारीको प्रलोभनमा परी भारततर्फ हिँडेका ५३ जना महिला तथा बालिकालाई प्रहरीको सहयोगमा पूर्वी भारतीय सीमावर्ती नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको माइती नेपालका संयोजक होम ढकालले जानकारी दिनुभयो । 

कतिपय महिला तथा बालबालिका घरमा झगडा गर्ने, रिसाएर हिँड्ने र हराउने भएपछि अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिने गरेका छन् । 

अघिल्लो आव २०७१/७२ मा पनि १२५ जना महिला हराएका थिए । जसमा ८६ जना फेलापरे पनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । सोही आवमा पूर्वी भारतीय सीमा क्षेत्रबाट ३५ जना महिला र बालिकाको उद्धार गरिएको थियो । त्यस्तै आव २०७०/७१ मा जिल्लामा ११६ जना हराएकामा ८५ जना भेटिएका थिए भने ३१ जना अझै भेटिएका छैनन् । यो वर्ष भारत हिँडेका १५ जनालाई सीमा नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ । 

महिला बेचबिखन नियन्त्रणका लागि माइती नेपालले सीमावर्ती जिर्मले, समालबुङ, श्रीअन्तु, गोर्खे, पशुपतिनगर, इरौँटार, जमुनालगायतका गाविसमा महिलाकै सक्रियतामा निगरानी समूहसमेत गठन गरी नियमित रेखदेख गरिरहेको ढकालले बताउनुभयो । केन्द्रले अहिलेसम्ममा करिब एक सय जनाभन्दा बढी महिलालाई सीप प्रदान गरेको माइती नेपाल आवधिक गृहले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो