साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्"/>
२०८२, ३ फाल्गुन आईतवार
पर्यटन

पौवा भञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माण

२०७३, २३ श्रावण आईतवार ०६:१०

साउन २३, पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । 

रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । समितिको रु नौ लाख र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट २८ सय मिटर पदमार्ग निर्माण गरिएको हो । गत आव २०७२÷७३ मा पौवा, सुकेपोखरी हुँदै सैलुङ्गेसम्म पदमार्ग निर्माण गरिएको थियो । 

हालै निर्माण सुरु गरिएको यो पदमार्गको अन्तिम गन्तव्य बिन्दु कञ्चनजङ्घा कुम्भकर्ण वेस क्याम्पसम्म रहेको छ ।  क्रमिक रूपमा पेङ्खाङ, कुइभिर, देउराली, जलजले लामपोखरी, लाक्पे, सानो मेघु, हिवा नागी, तावा नागी हुँदै कञ्चनजङ्घा वेस क्यामसम्म पदमार्ग विस्तार गर्ने बताइएको छ । 

अनुमानित ३०० किलोमिटर दूरीको कञ्चनजङ्घा पुग्ने नयाँ पदमार्ग विस्तार विकास भए यसबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने रानीटार–९ का सुरेश राईले बताउनुभयो । विस्तार सुरु गरिएको पदमार्ग क्षेत्रमा पाँचऔले, सतुवा, विखुमालगायतका जडीबुटी, रेडपान्डा, सात प्रकारका लालीगुराँसलगायत अवलोकन गर्न पाइन्छ । 

त्यसैगरी यस क्षेत्रमा राई, लिम्बू, मगर, सुनुवार, शेर्पालगायत आदिवासी जनजातिका परम्परागत थातथलोसमेत देख्न सकिन्छ । यिनै विभिन्न जातजातिको कला, संस्कृतिबाट पनि पर्यटन प्रवद्र्धन हुने प्रसस्त सम्भावना रहेको वडा नं ९ का धनकृष्ण राईले बताउनुभयो । यस क्षेत्रको ठाउँ ठाउँमा दर्जनौँ आकर्षक पर्यटकीयस्थल त छँदैछन्, यो बाटो हुँदै यात्रा गर्दा नेपालका अधिकांश हिमाल सजिलै देख्न सकिन्छ । 

ठाउँठाउँमा जातजातिअनुसारको होमस्टे खोलेर सांस्कृतिक परिकारबाट पनि राम्रै आम्दानी गर्न सकिने स्थानीयवासी अजय राईले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ