२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै, किसान चिन्तित

१ चैत्र २०७७, आईतवार ०९:५९

चैत १, डोटी । जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलका हुल आउने बँदेलले गहुँलगायत अन्यबाली सखाप गर्न थालेको छ, बाली जोगाउन हामी रातभरि जाग्राम बस्न बाध्य छौँ ।”

खप्तड राष्ट्रिय निकुञ्ज तथा यहाँका महाभारतको लेक तेले क्षेत्रबाट आउने बँदेलको समूहले बालीनाली नोक्सान गर्न थालेको हो । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौँकी गाउँपालिकाका विभिन्न वडामा अहिले जङ्गली बँदेलेको समूहले गहुँलगायतका अन्य बाली खाएर हैरान बनाएको किसान बताउँछन् ।

शिखर–१ का किसान रामसिंह ऐरका अनुसार कम्तीमा पनि सात÷आठ वटाको समूह बनाएर आउने जङ्गली बँदेलेको समूहले एकैरातमा कम्तीमा पनि तीनदेखि चार रोपनी जमीनमा लगाएको बाली खाएर नोक्सान गर्ने तथा खेतनै खनेर जाने गरेका छन् ।

जङ्गली बँदेलको समूहले अहिले जिल्लाका विभिन्न स्थानमा लगाइएका बालीनालीमा नोक्सानी पु¥याउन थालेको खबर सबै निकायमा जानकारी हुँदासमेत नियन्त्रणका लागि कुनै क्षेत्रबाट पनि प्रयास नभएको किसानको गुनासो छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जङ्गली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरे सबै मूल्याङ्कनका आधारामा रु १० हजारसम्म रकम दिने नियम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जङ्गली बँदेलले किसानको बालीनाली नोक्सान गरे कृषि कार्यालय, प्रहरी तथा सम्बन्धित स्थानीय तहको सिफारिसमा हामीले राष्ट्रिय निकुञ्जलाई क्षतिपूर्ति दिनका लागि सिफारिस गर्ने नियम छ, निकुञ्जले अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिन्छ ।” 

यसैगरी वन तथा वातावरण मन्त्रालयले गएको वर्ष असारसम्म जङ्गली बँदेलले किसानको बालीनाली नोक्सानी गरे धपाउने, लखेट्ने तथा मार्नेसम्मको आदेश दिएको भए पनि यो वर्षदेखि उक्त नियम नवीकरण नभएकाले पनि खेतीबाली नोक्सान गर्ने बँदेललाई किसानले लखेट्न, मार्न तथा धपाउन नपाएका कारण पनि समस्या हुँदै आएको केआइसिंह गाउँपालिका–५ का अर्का किसान चेतराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानले वर्षभरि खानका लागि लगाएको खेती नोक्सान गर्ने बँदेल मार्न, धपाउन नपाइने, क्षति गरेको रकम पनि नदिने भएपछि किसानले के गरी खाने, किसानका मर्का कसले बुझ्ने ?” अन्न फलाउनका लागि पर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरीद गरेर परिवार पाल्नुपरेको किसानको गुनासो छ ।

जङ्गली बँदेलले किसानको सयौँ बिघा जमीनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको भए पनि अहिलेसम्म एक जनाले मात्रै क्षतिपूर्ति पाएको डिभिजन वन कार्यालयले जनाएको छ । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यहाँका किसानको माग छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान