Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुमा सम्पन्न हुन लागेको विद्युत आयोजनाको नहर बग्यो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ ।

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो । विसं २०५३ मा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४०० घरधुरीलाई लक्ष्य गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउनुहुन्छ ।

दसैँदेखि विद्युत् उत्पादन भई वितरण हुने भएपछि गाउँलेले आआफ्ना घरमा विद्युतीय सामान जडान गरिरहेका थिए । एक्कासि बाढीले नहर बिगारेपछि अब कहिले बन्ने हो भनेर आफूहरु चिन्तित भएको माग्री गाउँका पात्मा नाम्गेल तामाङ बताउनुहुन्छ ।

बीस वर्ष बितिसक्दा पनि कम बजेटका कारण निर्माण ढिलाइ भएको भन्ने जनगुनासो आएपछि यस वर्ष दुर्गम क्षेत्र विकास समितिले रु तीन लाख, नेपाल जलवायु सहयोग कार्यक्रमले रु पाँच लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमले रु १४ लाख विनियोजना गरेका थिए । निमार्णाधीन सो आयोजना जिल्ला सदरमुकाम गमगढीबाट १२ कोस पूर्वमा छ ।

यसैबीच शुक्रबार र शनिबार राति परेको पानीले श्रीनगर गाविस– ३ ठिनीका वीरबहादुर खड्काको चारतले घर, श्रीनगर चारघाटका प्रवेश मल्लको चारकोठे घर र श्रीनगर चार घरकै मानबहादुर मल्लको दुईतले घर पूर्ण रुपमा भत्केको प्रहरीले बताएको छ । रासस