साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सम्पन्न हुन लागेको विद्युत आयोजनाको नहर बग्यो

२३ श्रावण २०७३, आईतवार ०८:०४

साउन २३, मुगु । शनिबार राति परेको पानीसँगै आएको बाढीले सम्पन्न हुन लागेको एक विद्युत् आयोजनाको नहर भत्कँदा २० वर्षदेखिको विद्युत् बाल्ने गाउँलेको सपना चकनाचुर भएको छ । 

माग्री गाविस– ७ मा रहेको च्याप्नेगाढमा गए राति बाढी आउँदा उक्त खोलामा निमार्णाधीन माग्री जलविद्युत् आयोजनाको निर्माण भइसकेको २६५ मि पक्की नहर बिग्रेको हो । विसं २०५३ मा दुर्गम क्षेत्र विकास समितिले माग्री गाविसका ५, ६, ७, ८ र ९ वडाका ४०० घरधुरीलाई लक्ष्य गरी २५ किलोबाट विद्युत् उत्पादन गर्ने गरी निर्माण थालेको सो आयोजना यस वर्ष भदौ मसान्तमा सम्पन्न भएर आगामी दसैँमा उद्घाटन गर्ने योजना रहेको आयोजनाका अध्यक्ष सोनाम लामा बताउनुहुन्छ । 

दसैँदेखि विद्युत् उत्पादन भई वितरण हुने भएपछि गाउँलेले आआफ्ना घरमा विद्युतीय सामान जडान गरिरहेका थिए । एक्कासि बाढीले नहर बिगारेपछि अब कहिले बन्ने हो भनेर आफूहरु चिन्तित भएको माग्री गाउँका पात्मा नाम्गेल तामाङ बताउनुहुन्छ । 

बीस वर्ष बितिसक्दा पनि कम बजेटका कारण निर्माण ढिलाइ भएको भन्ने जनगुनासो आएपछि यस वर्ष दुर्गम क्षेत्र विकास समितिले रु तीन लाख, नेपाल जलवायु सहयोग कार्यक्रमले रु पाँच लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमले रु १४ लाख विनियोजना गरेका थिए । निमार्णाधीन सो आयोजना जिल्ला सदरमुकाम गमगढीबाट १२ कोस पूर्वमा छ । 

यसैबीच शुक्रबार र शनिबार राति परेको पानीले श्रीनगर गाविस– ३ ठिनीका वीरबहादुर खड्काको चारतले घर, श्रीनगर चारघाटका प्रवेश मल्लको चारकोठे घर र श्रीनगर चार घरकै मानबहादुर मल्लको दुईतले घर पूर्ण रुपमा भत्केको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन