२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

दासढुङ्गामा कार र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना घाइते

२०७७, ११ चैत्र बुधबार १५:३७

चैत ११, भरतपुर (रासस) । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् । 

दिउँसो ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा२१च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएको थियो । 

दुर्घटनामा परी मृत्यु हुनेमा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । दुबैको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका–७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते हुनुभएको छ ।

उहाँहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो