साउन २३, नवलपरासी । नवलपरासीमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । राकाचुलि २ गाविसमा शनिवार राति करिब १ बजे तिर आपनै घरमा सुतिरहेकी नरिमाया ठाडा मगर खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । उनलाई आफनै छिमेकी धन बिक ले खुकुरी प्रहार गरेका हुन् ।
खुकरी प्रहार बाट मगरको बाया हात र पेटमा चोट लागेको छ । उनको अहिले भरतपुरमा उपचार भईरहेको इलाका प्रहरि कार्यलय नवलपुरले जनाएको छ । प्रहार गर्ने धन बिक लाई प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।