2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज फेरी अर्को कन्सल्टेन्सीमा छापा, डिमाण्ड लिन हुण्डी कारोवार (भिडियो सहित)

अनिल अधिकारी | चैत १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले ललितपुर स्थित एक कन्सल्टेन्सीमा छापा मारेको छ । ललितपुरको कुमारीपाटीस्थित एस स्क्वाएएर करियर एण्ड कन्सलटेन्सीले वैदेशिक रोजगारमा पठाउने भन्दै अवैध काम गरेको सूचनाको आधारमा बिभागले छापा मारेको हो ।


बिभागले छापा मार्ने क्रममा उक्त कन्सलटेन्सीका संचालक सुजन तामाङ कार्यकक्षमै थिए । संचालक तामाङले युरोपका डिमाण्डहरुमा आफूले कामदार भिसामा व्यक्तिगत श्रम स्वीकृति निकालेर पठाउने गरेको बताएका छन् । साथै उनले क्रोएसिया पठाउनको लागे प्रतिव्यक्ति ५/५ लाख लिने गरेको समेत बताएका छन् । तामाङका अनुसार एजेन्टले थप एक लाख लिने गर्छन् । साथै तामाङले युरोपको डिमाण्ड किन्नको लागि विदेशमा पैसा पठाउनको लागि हुण्डीको प्रयोग गर्ने गरेको समेत खुलाएका छन् ।


छापा मार्ने क्रममा उक्त कन्सलटेन्सीमा रोजगारीको लागि जान भन्दै आएका युवाहरु समेत भेटिएका थिए । कन्सल्टेन्सीमा आएकाहरु मध्ये अधिकांशसँग उक्त कन्सलटेन्सीले अग्रिम ५० हजार समेत अशुली गरिसकेको पाइएको छ । कन्सल्टेन्सी संचालकसँग अहिलेसम्म कति जनालाई युरोप पठाउनु भयो ? भन्ने प्रश्नमा ति संचालकले यस अघि युरोप पठाएका युवाहरुको विवरण भने दिन सकेनन् ।

उक्त कन्सल्टेन्सीले गरेको बैदेशिक रोजगार ऐन बिपरित भएपछि बिभागले उक्त कन्सलटेन्सीका संचालकलाई २४ घण्टा भीत्र बिभागमा हाजिर हुन पत्र दिंदै कन्सलटेन्सीलाई सिल गरेको छ । बिभागले उक्त कन्सलटेन्सीबाट थप अनुसन्धानको लागि बिभिन्न कागजात भएका १० थान, प्रयोगमा रहेका दुई थान रजिस्टर,  एक थान सिपीयु, बिभिन्न व्यक्तिहरुको ४० थान पासपोर्ट र मेडिकल तथा सम्बन्धित कम्पनीको १/१ थान नगदी रसिद बरामद गरेको छ ।


वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारमा पठाउन इजाजत नलिई वैदेशिक रोजगारमा पठाईसकेको भए कम्तिमा ३ बर्षदेखि ७ बर्षसम्म जेल सजाय हुने व्यवस्था छ । त्यस्तै विदेश नपठाईसकेको भए त्यसको आधा सजायको व्यवस्था छ । पैसा अशुलीको हकमा भने इजाजत नलिई वैदेशिक रोजगारमा पठाउनको लागि पैसा अशुली गरेमा जति पैसा अशुली भएको छ त्यसको ५० प्रतिशत थप जरिवाना अशुली गरि पिडितलाई भराईदिने व्यवस्था छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा पठाउने इजाजत नपाएका कन्सलटेन्सी तथा  व्यक्तिहरुले बैदेशिक रोजगारमा पठाउने काम गरिरहेको सूचनाहरु नियमित आईरहेका छन् । वैदेशिक रोजगारमा जान चाहेका युवाहरु आफै इजाजत नभएकाहरुले ठगि गर्न सक्ने भन्दै वैदेशिक रोजगारमा पठाउन सक्रिय रहेका अवैध कन्सलटेन्सी र व्यक्तिहरु बिरुद्ध उजुरीहरु दिन थालेका छन् ।

छापा हानिएको भिडियो रिपोर्ट तल हेर्न सक्नुहुन्छ:

काठमाडौँका दुई कन्सल्टेन्सीमा छापा, कार्यालयनै बन्द गरेर भागेपछि अवैध कन्सल्टेन्सी सिल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते