२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

१३ चैत्र २०७७, शुक्रबार ०४:४४

चैत १३, डोटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण रोजागारी छाडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा पुनः कोरोना सङ्क्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन् । उता गृह मन्त्रालयले समेत क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टिन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

कोरोना जोखिमबाट बच्नका लागि सम्पूर्ण तयारी र सावधानी अपनाउनका लागि यहाँका स्थानीय तहलाई स्थानीय प्रशासनले आग्रहसमेत गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । अहिले यहाँका सीमा नाकाबाट दैनिक सयौँैँको सङ्ख्यामा सुदूरपश्चिमेली भित्रिन थालेका छन् । रोजगारीका लागि भारत गएका स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमामा घर फर्किनेको क्रम बढेको छ, कोरोना जोखिम नबढोस् भनेर हामीले सबै सावधानी अपाउनुका साथै स्वास्थ्य जाँचमा पनि निकै ध्यान दिएका छौँ ।” भारतमा कोरोना सङ्क्रमण पुनः देखिएसँगै सुदूरपश्चिमेलीको प्रमुख पर्व बिशु नजिकिँदै आएकाले पनि अहिले रोजगारी गरी घर फर्किनेको सङ्ख्या बढेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट नेपाल आएका सबै नागरिक कोरोना त्रासले आएका होइनन्, अधिकांश बिशु पर्व मनाउन आएका पनि छन्, घर आउँदै गरेकासँग कोरोना जोखिम हुनसक्ने भएकाले हामीले सीमा क्षेत्रमा स्वास्थ्य जाँचदेखि अन्य कुरामा ध्यान दिन आफू मातहतका निकायलाई निर्देशन दिएका छौँ ।” 

उहाँका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी हाराहारीमा नेपाली नोपल प्रवेश गरिरहेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत १० दिनको अवधिमा कम्तीमा पनि आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । भारतबाट फर्किका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सीमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेकोसमेत जनाएको छ । कञ्चनपुरको गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएका हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

भारतबाट स्वदेश फर्किने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा नाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिँदैन । सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँचसम्बन्धी कुनै परीक्षण नहुँदा समस्या भएको छ ।” 

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा नाकामा सबैको एक–एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको छ, भारतबाट आएकाहरुको सम्बन्धित स्थानीय तहमा स्वास्थ्य जाँच हुनेछ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु