2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित

चैत १४, त्रिशूली (रासस) । हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका बाह्रवटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उहाँका अनुसार जिल्लामा अहिले सामुदायिक वन ३७७  रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन  छन् ।

यसमध्ये अहिलेसम्म १०० भन्दाबढी सामुदायिक वनमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । हाल एक दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लागिरहेको र त्यो नियन्त्रण बाहिर छ ।

“अघिल्ला वर्षमा हिउदको समयमा वर्षात् हुने कारण आगलागी र डढेलोका घटना कमी हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष हिउद्मा वर्षा नहुदाँ डढेलोको घटनामा निकै धेरै वृद्धि भएको छ ।”

हिउँद तथा सुख्खा मौसम भएका कारण डढेलोको जोखिम यस वर्ष झनै वृद्धि हुँदै जाने देखिएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ । आगलागी र डढेलेको घटनाको सूचना पाएलगत्तै नियन्त्रणका लागि  सुरक्षाकर्मी, उपभोक्ता र सामाजिक सङ्घसँस्थासँग सहकार्य गरेर परिचालन हँुदै आएको छ ।

जङ्गल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफँै सचेत हुनुपर्ने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको भनाइ छ । पछिल्लो दिनको दैनिक नै आगलागी र डढेलो नियन्त्रण र यसविरुद्धको सचेतनामा बित्दै आएको उहाँले बताउनुभयो । 

कहीँकतै आगो लागेको देखेमा अग्निरेखा बनाई निभाउने प्रयास गर्न तथा वडा, पालिका, वन कार्यालय, सुरक्षाकर्मीलगायतका निकायमा खबर गर्न उपभोक्तालाई अपिल गर्ने गरेको उहाँले बताउनुभयो ।

धुमपानपश्चात् आगोको ठुटो जथाभावी नफाल्न, राम्रो घाँस पलाउनेलगायतका स्वार्थ राखेर जङ्गल क्षेत्रमा आगलागी हुन नदिन सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न वन कार्यालयले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई