२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

७ किशोरीहरुको खोजी जारी, अपहरणको आशङ्का

२०७७, १८ चैत्र बुधबार ०४:०७

चैत १८, महोतरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ । मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको हो । 

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन सातै जनाको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले गरिरहेका छन् । अहिलेसम्म कुनै सुराकी पाउन नसकिएकाले उनीहरु ललाइफकाइमा परेर अपहरणकारीको कब्जामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सम्पर्कविहीनको खोजीमा ठाउँ–ठाउँमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ । “सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो”, अस्मिताका पिता बद्री पासवानले भन्नुभयो, “घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन ।”

सम्पर्कविहीन भएका सातमध्ये सिरहाको कर्जन्हा घर भई मावल आएकी रञ्जनाबाहेक सबै धर्मपुरवासी हुन् । तीमध्ये नगिना; कृष्णा पासवान, सीमा; देवनन्दन पासवान, ज्योति; बिसुन पासवान, रिया; ज्ञानकुमार पासवान र रचना; अरविन्द पासवानका छोरी भएको खुलेको छ । सात छोरीचेली समूहमा एकैपटक हराएपछि धर्मपुरको दलित बस्तीमा रुवावासी मच्चिएको छ । हराइरहेकामध्ये अस्मिताले यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना हुन आवेदन गरेकी पिता बद्रीको भनाइ छ ।

 “घरको गरिबी छोरीले बुझेकी थिई, जागिर गरेर पाल्छु भन्थी”, बद्रीले गहभरि आँसु पार्दै भन्नुभयो, “त्यही छोरी हराउँदा अब मन राख्ने ठाउँ नै देखिन्न ।” धर्मपुरको दलित बस्तीका अभिभावक आफ्ना छोरीचेलीको खोजी गरिदिन अहिले सान्त्वना दिन पुग्ने सबैसँग हात जोडेर अनुनयविनय गरिरहेका देखिन्छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला