२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

हराएका बालिका फेला परे

२०७७, १८ चैत्र बुधबार ०६:५३

चैत १८, महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना आज फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो ।

सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । घाँस काट्न गएदेखि आज सीतामढीको रेल्वे स्टेशनमा भेटिनुअघि सम्मको कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए । दिउँसो घाँस काट्न गएका घर नफर्केपछि धर्मपुरमा कोलाहल मच्चिएको थियो । घाँस काट्न समूहमा निस्केका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना  पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान आज सीतामढीमा फेला परेका हुन् । सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला