२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

‘७ जनाको मृत्यु भएको छ, सबैको सव क्षेतबिक्षेत भएका छन्, हेलिकप्टर पुरै जलेको छ’

२४ श्रावण २०७३, सोमबार ०९:५०


साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई  लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचारसँगै घटनास्थलबाट स्थानीय श्याम मुढभारीले साझासबाल अनलाइनलाई बताए अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 

मुडभरीले साझा सबाललाई भने -'मृत्यु भएका सबैको लास क्षेतबिक्षेत अवस्था छन् । हेलिकप्टर पूर्णत: जलेको अवस्थामा छ । यतिखेर सुरक्षाकर्मीहरुले त्यहाँ उद्दारको काम गरिरहेका छन् ।' हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जना परेका छन् । 

गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको थियो । स्थानीयले भनेका थिए – 'हिलिकप्टर ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।' 

गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन आज दिउँसो १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको थियो । 

को-को थिए हेलिकप्टरमा ? 

उक्त हेलिकप्टरमा स्थानीय सामाजिक संस्थामा काम गर्ने इटहरी, सुनसरीकी २२ वर्षीय निशा तामाङ सहित १९ वर्षीय सुत्केर प्रिति गुरूङ र उनको ५ दिनको शिशु, उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, त्यस्तै सासु ५६ वर्षीय अज्ञानी गुरूङ र काठमाडौंबाट हेलिकप्टर लिएर गएकी लक्ष्मी गुरूङ थिए । हेलिकप्टर पाइलट रञ्जन लिम्बूले उडाएका थिए। 

  • तश्विर: हरी सापकोटा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह