2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

‘७ जनाको मृत्यु भएको छ, सबैको सव क्षेतबिक्षेत भएका छन्, हेलिकप्टर पुरै जलेको छ’

साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई  लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचारसँगै घटनास्थलबाट स्थानीय श्याम मुढभारीले साझासबाल अनलाइनलाई बताए अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 

मुडभरीले साझा सबाललाई भने -‘मृत्यु भएका सबैको लास क्षेतबिक्षेत अवस्था छन् । हेलिकप्टर पूर्णत: जलेको अवस्थामा छ । यतिखेर सुरक्षाकर्मीहरुले त्यहाँ उद्दारको काम गरिरहेका छन् ।’ हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जना परेका छन् । 

गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको थियो । स्थानीयले भनेका थिए – ‘हिलिकप्टर ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।’ 

गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन आज दिउँसो १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको थियो । 

को-को थिए हेलिकप्टरमा ? 

उक्त हेलिकप्टरमा स्थानीय सामाजिक संस्थामा काम गर्ने इटहरी, सुनसरीकी २२ वर्षीय निशा तामाङ सहित १९ वर्षीय सुत्केर प्रिति गुरूङ र उनको ५ दिनको शिशु, उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, त्यस्तै सासु ५६ वर्षीय अज्ञानी गुरूङ र काठमाडौंबाट हेलिकप्टर लिएर गएकी लक्ष्मी गुरूङ थिए । हेलिकप्टर पाइलट रञ्जन लिम्बूले उडाएका थिए। 

  • तश्विर: हरी सापकोटा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई