साउन २४, सुरुङ्गा । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सुरुङ्गा । "/>
२८ मंसिर २०८२, शनिबार
झापा - JP

बौद्धिक अपाङ्ग बालबालिकालाई अमेरिकाबाट सहयोग

२४ श्रावण २०७३, सोमबार ११:३५

साउन २४, सुरुङ्गा । झापा कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको सुस्त मनः स्थिति सरोकार समाज नेपाललाई अमेरिकाको यूएसए नेपाल डटनेट अनलाइनले आर्थिक सहयोग गरेको छ । 

आइतबार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पहिलो चरणको सहयोग स्वरुप ५१ हजार १ सय रुपैयाँ वितरण गरिएको हो । 

अनलाइनका आर्थिक विभाग प्रमुख कृष्ण खनालले उक्त रकम संस्थाकी अध्यक्ष भागिरथा चापागाईं (शान्ता)लाई हस्तान्तरण गरे । 

पत्रकार गौरव पोखरेलले संस्थामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको स्थितिको विषयमा भिडियो सामग्री तयार गरेपछि सार्वजनिक भए लगत्तै त्यहाँका नेपालीहरुले सहयोग गरेका थिए । सहयोगका लागि गो फण्ड मी एकाउन्टमा खाता खोलिएको थियो । 

अनलाइनका तर्फबाट सहयोग हस्तान्तरणका लागि यूएसएबाट सम्पादक मोहन अधिकारी, आर्थिक विभाग प्रमुख खनाल लगायत आएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै अध्यक्ष भागिरथा चापागाईं, सह–सचिव नर्वदा भेटवाल, अभिभावक जीवन काफ्ले, यशोदा घिमिरे लगायतले अनलाइनले सहयोग गरेर आफूहरुलाई अझ बढी काम गर्न उत्प्रेरणा मिलेको बताए । 

अनलाइनका तर्फबाट बोल्दै खनालले आगामी दिनहरुमा पनि अनाइनले विभिन्न क्षेत्रमा सहयोगको पर्खाइमा रहेका व्यक्ति तथा संघसंस्थाहरुको लागि काम गर्ने आफूहरुको योजना रहेको बताए । कार्यक्रमको सञ्चालन पत्रकार पोखरेलले गरेका थिए । 

माथिको तश्विरमा: सहयोग हस्तान्तरण गर्दै आर्थिक विभाग प्रमुख कृष्ण खनाल । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह