२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा जिल्ला बारे संक्षिप्त जानकारी

१८ माघ २०७२, सोमबार ०४:०४

जिल्लाको
संक्षिप्त परिचय

झापा
जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको
जिल्ला हो। यो जिल्ला १६०६ बर्ग कि.मी. मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम,
पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम
भद्रपुर  हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा
होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। झापा
जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।

झापाको भौगोलिक स्थिति

  • अक्षांस:- २६.२०” देखि २६.५०” उत्तर
  • देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
  • क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि
    ५०० मिटरसम्म रहेको छ।

झापा जिल्लाको
सिमाना

पूर्व –  बंगाल, भारत    पश्चिम – मोरङ्ग
उत्तर – इलाम   दक्षिण –  भारत

राजनैतिक एवं प्रशासनिक
बिभाजन

विकास क्षेत्र – पूर्वाञ्चल    जिल्ला – झापा
सदरमुकाम – भद्रपुर
संसदिय निर्वाचन क्षेत्र-७   नगरपालीका – ८      इलाका – १७
गा. वि. स. – ३३
वस्ती संख्या – १९३४

झापामा अवस्थित प्रमुख
नदिनालाहरु:

मावा नदी
रतुवा नदी
बिरिङ
नदी
मेची नदी
कन्काई नदी

Source:
ddcjhapa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली