२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या

२२ चैत्र २०७७, आईतवार ०५:०२

चैत २२, डोटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय तहले वितरण गर्ने प्रावधानअनुसार परिचयपत्र वितरण कार्य शुरु गरिए पनि चिकित्सक नहुँदा वितरणमा समस्या हुँदै आएको कर्मचारीको गुनासो छ । 

जिल्लाको शिखर नगरपालिका तथा बोगटान फुड्सिल गाउँपालिकाले अहिलेसम्म चिकित्सक राख्न नसकेका कारण त्यहाँका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र पाउन सकस हुँदै आएको बताइएको छ ।

अपाङ्गता परिचयपत्र वितरण गर्न मेडिकल रिपोर्टमा एमबिबीएस चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने प्रावधान भए पनि यहाँका अधिकांश स्थानीय तहमा चिकित्सक तथा मेडिकल अधिकृत नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला विकास कार्यालयले विगतमा वितरण गर्दै आएको अपाङ्गता परिचयपत्र वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ, कतिपय स्थानीय तहमा चिकित्सक नै छैनन्, चिकित्सकले प्रमाणित नगर्दा कसरी परिचयपत्र दिने हामीलाई पनि समस्या भयो ।” एबिबीएस चिकित्सक राखिएका यहाँका कतिपय स्थानीय तहमा चिकित्सकको योग्यता, क्षमताअनुसारका उपकरण नभएका कारण उनीहरु नै स्थानीय तहमा बस्न नरुचाउने गरेको स्थानीयवासी बताउँछन् ।

स्थानीय तहमा पछिल्लो समय जिल्ला बाहिरबाट मेडिकल अधिकृत झिकाएर अपाङ्गता भएका व्यक्तिलाई प्रमाणित गरी परिचयपत्र वितरण गर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता परिचयपत्रका लागि निवेदन दर्ता हुने गरेका छन्, हामीसँग मेडिकल अधिकृत नभएका कारण जिल्ला सदरमुकाम तथा बाहिरबाट झिकाएर प्रमाणित गर्नुपरेको छ, गाह्रो भइरहेको छ ।” दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी, केआइसिंह, जोरायल, आदर्श, सायल, पूर्वीचौकी तथा बडिकेदारमा मात्रै चिकित्सक राखिएको छ भने शिखर नगरपालिका र बोगटान फुड्सिल गाउँपालिकामा अहिलेसम्म चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्र वितरणमा समस्या भएको बताइएको छ ।

आफ्नो नगरपालिकामा चिकित्सक नभएका कारण अपाङ्गता परिचयपत्रका लागि आउने गरेका निवेदकलाई जिल्ला अस्पतालका चिकित्सकबाट अपाङ्गता भएको बारेमा प्रमाणित पत्र लिएर आउने सल्लाह दिने गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग चिकित्सक पनि छैनन्, भवन पनि नभएकाले राख्न सकेका छैनौँ, अपाङ्गता परिचयपत्र माग्न आएकालाई जिल्ला अस्पतालबाट प्रमाणित पत्र ल्याउन आग्रह गर्ने गरेका छौँ ।”

स्थानीय तहले अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएपछि चिकित्सक नभएका कारण गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउन निकै कठिन भएको अपाङ्ग सेवा सङ्घ डोटीकी सीता रायमाझीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जब स्थानीय तहमा चिकित्सक नै छैनन् भने ती स्थानीय तहले अपाङ्गता परिचयपत्रका लागि जिम्मा किन लिनु, अपाङ्गता भएका व्यक्तिलाई दुःख दिनेबाहेक अरु केही काम होइन ।” अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणमा सहज गर्नसमेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु