२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

२२ चैत्र २०७७, आईतवार ०५:५३

चैत २२, नुवाकोट । नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन  निर्माण सम्पन्न भएका छन् । मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा यहाँ गुरुयोजना अनुसार ती भवन निर्माण भएका हुन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको शनिबार उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गर्दै थप संरचना निर्माणमा बजेट अभाव नहुने जानकारी दिनुभयो । 

“धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उहाँले भन्नुभयो, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।”

गुरुयोजना अनुसार पुरातत्व विभागबाट स्वीकृत बजेट अनुसार निर्माण थालिएको संचरचनाको मन्त्री ढकालले शिलान्यास समेत गर्नुभएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले  गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिनुभयो । भौगोलिक रुपमा विकट बस्ती भए पनि मूल सडकबाट ट्र्याक खोलिएको सडकको लागि व्यवस्थित बनाउन (कालोपत्र गर्न) व्यक्तिगत रुपमा पूरा गर्ने वाग्मती प्रदेससभाका सदस्य बद्री मैनालीले प्रतिबद्धता जनाउनुभयो ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर महादेवको मन्दिर व्यवस्थापनको लागि गाउँपालिका अर्थात स्थानीय सरकारको तर्फबाट आफूले समेत बजेट उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । 

दुप्चेश्वर गाउँपालिका–६ राउतबेँशीस्थित चट्टाने भिरमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरको संरक्षणमा तीन तहको सरकारबीचको सहकार्यमा निकै सुधारका काम हुँदै आएको छ । तीन तहको सरकारमार्फत मन्दिरसम्म पुग्न कठिन रहेको बाटोमा पदमार्गको व्यवस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानीबाट बच्न अहिले छाना लगाइएको छ । 

मन्दिरको भेटी तथा सहयोगको बैंकमार्फत पारदर्शी, सिसिटिभी क्यामरामार्फत सुरक्षालगायतको प्रबन्ध मिलाइएकाले गुरुयोजनामार्फत आगामी दिनमा आवश्यकताको आधारमा थप संरचनाको निर्माण गर्दै अघि बढ्न मन्त्रीबाट पाएको प्रतिबद्धताले आफू उत्साहित भएको समाजसेवी बलराम आचार्यको भनाइ छ ।

 सोही अवसरमा मन्दिरका पूजारी भगवानहरि धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिमा निकै उच्च रहेको जानकारी दिँदै संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने