<p><b>चैत २४, पाल्पा । </b>पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । <br></p><p>गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ । </p><p>घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।</p>
April 6, 2021
पाल्पा - PLP, समाज
पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु
समाचार सेयर गर्नुहोस्
By kit
2 मिनेट पढाइ
