2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कांग्रेस झापा सभापतिमा देउमानको उम्मेद्वारी घोषणा

माघ १९, बिर्तामोड । नेपाली कांग्रेस झापाको
सभापति पदमा देउमान थेबेले उम्मेद्वारी घोषणा गरेका छन् ।आज मंगलबार झापाको बिर्तामोडमा पत्रकार
भेटघाटको आयोजना गरी उनले सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।पार्टीको १३ औं महाधिवेशन नजिकिए संगै
जिल्ला नेतृत्व चयनका लागि पनि दौडधुप बढेको छ । पार्टीको गाउँ नगर अधिवेशन पछि अहिले क्षेत्रीय
अधिवेशनमा पार्टी कार्यकर्ता जुटेका छन् ।

deuma
पूर्व
सहमति बमोजिम आफू सर्वसम्मत जिल्ला सभापति हुनुपर्ने थेबेको दाबी छ । यद्यपि सभापतिको दौडधुपमा उद्धव
थापा पनि छन् ।

गाउ नगरबाट छानिएका प्रतिनिधिको आधारमा चुनाव नै
भए पनि आफ्नो पक्षमा प्रष्ट बहुमत रहेको थेबेले बताए । विधान बमोजिम पार्टीलाई क्रियाशील बनाउन र
सामुहिक नेतृत्वका साथ अघि बढ्न आफ्नो उम्मेद्वारी रहेको थेबेले प्रष्ट्याए ।

कांग्रेसका नेताहरु केशवकुमार बुढाथोकी,नरेन्द्रविक्रम नेम्वाङ,विश्वप्रकाश शर्मा,
गोपाल कुमार बस्नेत, भगिरथ पोद्धार, सुरेश सुब्बा, महेन्द्रा सुब्बा लगायतले थेबेलाई पार्टीको जिल्ला
सभापतिमा प्रस्ताव र समर्थन गरेका छन् ।
को हुन् देउमान ?

देउमान थेवे (५०) सानै उमेर (१४) बाट नै राजनीतिमा सक्रिय रहे । कारण पारिवारिक पृष्ठभूमि नै
त्यस्तै थियो । उनका पिता किर्तिमान ०१२ सालमा कांग्रेस प्रवेश गरे । ताप्लेजुङको आम्वेगुदिनमा
किर्तिमान ०२१ देखि ०३४ सालसम्म निरन्तर प्रधानपञ्च समेत भए । सिनाम माविमा पढ्दादेखि नै कांग्रेसको
राजनीतिमा लागेका देउमान ०३९ सालमा झापा झरेपछि सक्रिय भए । देउमानले चर्चित भएपनि नागरिकतामा देउकुमार
छ उनको नाम । झापामा सबै कांग्रेस नेताको घर पुर्‍याउने, चिनाउने र भूमिगत बैठकमा समेत लैजाने काम उनलाई
कुमरखोदका एकनाथ पोखरेलले गरेछन् । पोखरेललाई उनी झापामा आफ्नो राजनीतिको गुरु नै मान्दा रहेछन् ।
पार्टीको आठौं महाधिवेशनबाट कुमरखोद उपसभापति र क्षेत्रीय सदस्य बनेका देउमान ०४९ र ०५४ मा दुई पटक
जनप्रतिनिधिको रुपमा गाविस अध्यक्ष भए । पार्टीको नवौं, १० औं र ११ औं महाधिवेशनबाट क्षेत्रीय सभापति
(पहिले ४ र पछि ५ को) भए । १२ औं महाधिवेशनबाट पार्टीको महासमिति सदस्य तथा जिल्ला उपसभापति भएका छन् ।
खरो बोल्ने उनले पार्टीको आन्दोलन होस् या त जनआन्दोलन सबैतिर सक्रिय भूमिका निर्वाह गरेका छन् ।
०५९र६०मा निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनको पहिलो चरणमै पार्टीका जिल्ला सभापति सुधिर शिवाकोटीहरु
पक्राउ परेपछि दोस्रो चरणको आन्दोलनको नेतृत्व झापामा देउमानले लिए ।

त्यस क्रममा कााकरभिट्टाबाट उनी पनि पक्राउ परे । दुई महिना ११ दिन जेल भोगे । संयुक्त
जनआन्दोलनमा झापा र काठमाडौंमा कैयौंपटक पक्राउ परे । राजनीतिकै कारण उनले पढाइ पूरा गर्न पाएनन् ।
दधिमाया र किर्तिमानका पुत्र देउमानले क्याम्पसको प्रारम्भिक शिक्षामात्र अध्ययन गर्न भ्याए । पहिले
कुमरखोदका बासिन्दा उनी अहिले तत्कालीन सुरुंगा–५ हाल कन्काई नगरपालिका –३ मा बस्दै आएका छन् ।
मातापिताका साथ श्रीमती गीता, तीन छोरा र एक छोरी, दिदीबहिनीसागै संयुक्त परिवारमा बसेका छन् देउमान ।
छोराहरु सन्दीप, प्रदीप र सदीप व्यवसायमा छन् भने छोरी रचना बीबीएस पढ्दैछिन् ।

ठूलो परिवारका साथ रहेका देउमान आफ्ना पितामाता, दाजुभाइ, दिदीबहिनीसहित परिवारलाई नै
राजनीतिको प्रेरणाको स्रोत मान्छन् । राजनीतिमै सक्रिय रहेर जनताको सेवा गर्ने उनको लक्ष्य छ । ‘सबैको
समस्यामा सहभागी भई साझेदारी गर्न मन पर्छ’– देउमानले रुचिबारे पनि प्रष्ट पारे । ‘दूरदराज गाउाको विकास
गर्ने, त्यहााका जनताको पहुाच पनि शहर र विकसित ठाउसम्म पुरÞ्याउन मन लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई