२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तीन दिन देखि हराएकि बालिकाको शव कर्णालीमा फेला,बलात्कारपछि हत्याको आशंका

२५ चैत्र २०७७, बुधबार ०६:४४

दान बहादुर बुढा । चैत २५, मुगु । मुगुको उत्तरी सोरुगाउँपालिवडा नं ९ कि एक जना बालिका हराएको तिन दिनपछि मृत अवस्थामा फेला परेकि छिन् । शनिबार देखि हराएकी भनिएकि एक बालिका तिन दिनपछि कर्णालीमा मृत अबस्थामा फेला परेकि हुन ।

सोरु गाउँपालिका ९ कि ९ बर्षिया लक्ष्मी चौलागाइ शनिबार देखि सोही गाँउपालिका-८ तारापानीबाट हराएको जानकारी प्रहरीलाई भएको थिए । प्रहरी र स्थनीयले खोजतलास गर्दा कतै फेला नपरीकी बालिका सोमबार माछा मार्न गएका स्थानियले सोही गाँउपालिका—८  मुगु कर्णालीको घाट भन्ने स्थानमा मृत अबस्थामा फेला परेकी छन । 

सोरु गाँउपालिका—९ कालै स्थाई ठेगान भएका चौलागाईको घरपरिवार केही समय देखि सोही गाँउपालिका—८ तारापानीमा बस्दै आएका छन । शनिबार तारापानीको घर नजिकै खेलिरहेकी ९ बर्षिया लक्ष्मी चौलागाई शनिबार देखि हराएपछि  स्थानिय र प्रहरीले खोजतलास गर्दा  बालिकाको घर देखि ५ सय मिटर टाढा मुगु कर्णालीको नदि बिच भागको ढुङ्गामा अडकिएको अबस्थामा फेला पारेको सोरु गाँउपालिका-८ का दानबहादुर शाहीले बताए ।

शव भेटिएको स्थान भन्दा केहि मिटर माथि आधा खाएको चाउचाँउका प्याकेट र सिंगो अर्को पाकेट समेत भेटिएको छ ।  उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गदै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाई नाता पर्ने धर्मराज शाहीले बताए । 

लास फेला पारेको स्थान भन्दा केही मिटर यता भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जनामात्र चाउचाउ व्यापारी भएको र शनिबार साझ तिर बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।  

उक्त घट्नाको  शंकास्पद एक  व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको  जिल्ला कार्यालयका प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए । प्रहरी निरिक्षक बिकका अनुसार प्रहरीले नियन्त्रणमा लिएको युवाले आफु शनिबार माधक पदार्थ सेवन गरेको ,त्यो दिन ति बालिकालाई आफुले वहिनी सम्झेर चाउचाउ दिन खोज्दा आफुलाई जडेया भनेर जिस्काएपछि हातले हान्न खोज्दा बालिका दौडिएपछि लडेर नदिमा परेको तर आफुले कुनै अनैतिक प्रयास नगरेको ति युवाले प्रहरीलाई बयान दिएको प्रहरीको भनाइ छ  ।

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । थप अनुसन्धान र पोष्ट मार्टम रिर्पोट आएपछिमात्र बालिकाको लास कसरी  मुगु कर्णाली नदीमा फेला परेको र बालिकाको हत्या वा अरु कारण केहो भन्ने बारे अनुसन्धान पछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली