२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

२६ चैत्र २०७७, बिहीबार १०:२८

चैत २६, भक्तपुर । भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिङ्गा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ । सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिङ्गा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य