२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल

२१ माघ २०७२, बिहीबार ०९:५८

FNJ-
Logo-माघ २१, बिर्तामोड (सास) । नेपाल पत्रकार महासंघ झापा
शाखाले महासंघको नयाँ सदस्यता वितरणका लागि पत्रकारका संगठन प्रमुखहरुसँग छलफल शुरु गरेको छ ।

महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा विहीवार कार्य समिति
बैठकसहित संगठन प्रमुखहरुसँग सदस्यता बारे छलफल भएको हो ।

महासंघ
झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको बैठक तथा छलफलमा विद्यानतः योग्यता पुगेका
पत्रकारलार्ई आवश्यक र उचित मापदण्ड बनाएर नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । कार्य समितिको
आगामी बैठकले आवेदन खुल्लाका लागि निर्णय गर्ने जनाइएको छ ।

छलफलमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला
अध्यक्ष गणेशमान मुखिया लगायतले महासंघको नयाँ सदस्यता वितरणमा आफ्नाभन्दा पनि योग्य पत्रकारलाई मात्र
सदस्यता प्रदान गर्नुपर्ने र पत्रकारका विभिन्न संगठनले इमान्दारीसाथ त्यस विषयमा प्रतिवद्धता जनाउनु
पर्नेमा जोड दिए ।

सांगठानिक र आर्थिक प्रतिवेदन अनुमोदनः

बैठकले यही माघ २४ गते आइतवार महासंघको साधारणसभामा प्रस्तुत हुने महासंघका सचिव एकराज गिरी र
कोषाध्यक्ष प्रेम आचार्यद्वारा तयार गरिएको सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझावसहित अनुमोदन गरेको छ

नवीकरणका लागि आव्हान:

त्यसैगरी महासंघ केन्द्रीय समितिको सर्कुलर बमोजिम ७२ सालसम्मको सदस्यता नवीकरण
यही माघ मसान्तभित्र गरी सक्न महासंघ झापा शाखाले सबै सदस्यहरुमा आव्हान गरेको महासंघका सचिव एकराज
गिरीले जानकारी दिए ।

दुर्घट्ना बीमामा
सहभागिता:

त्यस्तै महासंघ केन्द्रीय समिति, सूचना
विभाग र सञ्चार मन्त्रालयको सहकार्यमा यसै बर्षबाट शुरु गरेको पत्रकार दुर्घटना बीमामा झापाबाट १८ जना
पत्रकारमात्र सहभागी भएकोले पत्रकार सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमामा झापाबाट बढीभन्दा बढी
पत्रकारलाई सहभागी हुन महासंघले आव्हान गरेको छ ।

पौडेल र बराललाई बधाई:

महासंघले
प्रेस चौतारी नेपाल झापाको ८औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा सो संगठनको अध्यक्षमा मुक्ति पौडेल
तथा महासंघकी कार्य समिति सदस्य गंगा बराल कोषाध्यक्षमा चयन भएकोमा उनीहरुसहित नयाँ नेतृत्वलाई बधाई
ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

कुइँकेलको सदस्यता स्थानान्तरणः

महासंघले सदस्य राजेश कुइँकेलको निवेदन अनुसार उनको सदस्यता महासंघको दुवई शाखामा
स्थानान्तरणका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे