साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णर"/> Sajhasabal साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णर"/>
२ कार्तिक २०८१, शुक्रबार
इलाम - ILM

पहिरोले नौ परिवार विस्थापित

२५ श्रावण २०७३, मंगलवार ०३:०४

साउन २५, इलाम । एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । 

जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा अमृतमान राई, भीमकुमारी राई, अमृता राई, भुपेन राई, देवी सापकोटा र विक्रम राईको परिवार रहेका छन् । 

पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिनुभयो । पहिरोबाट अमरबहादुर राई, भक्तलाल राई, रमेश राई, उमेश राई, कुलबहादुर राई, टेकबहादुर खड्का, सञ्जीव राईका घर जोखिममा परेका छन् । 

इरौटार–३ मा गएको पहिरोले भीमबहादुर मगर, बलबहादुर मगर र यामबहादुर मगरका परिवार विस्थापित भएका छन् । इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ । 

पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुनः जाने सम्भावना रहेको बताइएको छ । पहिरोबाट धनराज मगर, ठालुमान बस्नेत, टेकबहादुर मगर, टङ्क बस्नेत, दिलबहादुर राई र भुवन बस्नेतका घर जोखिममा परेका हुन् । विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन् । 

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने