२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० जनाको परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमित

२०७७, २९ चैत्र आईतवार १५:१८

चैत २९, पर्सा । वीरगञ्जमा एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको  अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए ।

संक्रमितमध्ये २३ जना पर्साका र ५ जना बाराका हुन् । उनका अनुसार २८ जनामध्‍ये १७ जना पुरुष र ११ जना महिला छन् । उनीहरुको सिटी भ्‍यालु १४.५ देखि ३५.२ देखाएको उनले बताए ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढिरहँदा नेपाल सीमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्‍दै गएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा