खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् ।
मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/>
मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका "/>
खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा परेका हुन् । वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिरको ठूलो ढुङ्गासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेकाले स्थानीय त्रासमा बस्न बाध्य बनेका छन् । विसं १९९० सालको भूकम्पले एक फुट फाटेको भिर अहिले चार मिटरभन्दा बढी फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको हो । बर्सेनि फाट्दै गएको भिर वर्षायाममा खस्ने सम्भावना बढी भएकाले दम्दीका स्थानीय वर्षा सुरु भएसँगै ढुक्कले निदाउन सकेका छैनन् । वर्षा सुरु भएपछि कतिपय स्थानीय घर छाडेर आफन्तकामा राति बास बसेर बिहान घर फर्कने गरेका स्थानीय धनप्रसाद गिरीले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलबाट करिब पाँच कोश उत्तरमा पर्ने पहिरोबाट मानव बस्तीबाहेक स्थानीय लालकिरण प्रावि समेत जोखिममा परेको छ । २०६९ साउन ८ गते सार्वजनिक गरिएको सङ्कटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भनिएको भिर अहिले चार मिटर फाटेको छ । बर्सेनि भिर फाट्दै गएपछि आफूहरु चिन्तित बनेको पाथेका–७ दम्दीका ७६ वर्षीय वृद्ध दलबहादुर राईले बताउनुभयो । “हामी राम्ररी निदाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “यसप्रति राज्यको ध्यान जान जरुरी छ ।” रासस कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
पाथेकाको दम्दी पहिराको उच्च जोखिममा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार