साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विद्यालय बगाएपछि खुला आकासमा पढाइ

२५ श्रावण २०७३, मंगलवार ०३:१६

साउन २५, जाजरकोट । यहाँको लहँ–४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकासमा पढाइ गर्न बाध्य छन् । 

गत असार दोस्रो साता आएको बाढी पहिरोले विद्यालय भवन बगाउँदा विद्यार्थी खुला आकासमा पढ्न बाध्य भएका हुन् । बाढीले विद्यालयका दुई भवन, चर्पी, खानेपानी ट्याङ्की बगाएपछि खुला आकासमा पढाउनु परेको प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । 

बाढीले विद्यालय क्षेत्र बगरमा परिणत भएको छ । यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य छौँ, उहाँले भन्नुभयो । पानी पर्दा र चर्को घाम लागेपनि पढाइ बन्द गर्नुपर्ने बाध्यताबीच फेरि बाढीपहिरो आउने हो कि भन्ने डर पनि लागिरहन्छ, उहाँले उल्लेख गर्नुभयो । “पठनपाठन सञ्चालन गर्नका लागि अन्यत्र ठाउँ पनि छैन । यस बगरमा टहरो बनाउन पनि सकिएको छैन । विद्यालयमा न चर्पी छ, नत खानेपानीको व्यवस्था छ,” उहाँले भन्नुभयो । बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचनाको नाम निसाना नै राखेन, रावलले भन्नुभयो । 

विद्यालयमा बस्ने ठाउँ नहुँदा विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिम भएकाले बालबालिकालाई विद्यालय पठाउन छाडेको अभिभावक तिलबहादुर रावलले बताउनुभयो । विद्यालय भवन नहुँदा पिपलचौरका छ दर्जन विद्यार्थी पठनपाठनबाट वञ्चित भएकोे उहाँले उल्लेख गर्नुभयो । ५ कक्षासम्मको पढाइ सञ्चालन हुने विद्यालयका बालबालिका बगरको चिसो बालुवा र माटोमा बसेर पढाइ गर्दा बिरामी पर्ने गरेको प्रधानाध्यापक रावलले बताउनुभयो । 

बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, अन्य सङ्घ संस्थालगायतमा अनुरोध गर्दा पनि कतैबाट पनि सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । स्थानीय गुर्से खोलामा आएको बाढीले पिपलचौर गाउँका २६ घरपरिवार पहिरोको जोखिममा परेका छन् । लहँ गाविस भवन जोड्ने सडक र नलसिंहगाड पहुँच सडक खन्दा जथाभावी फालेको माटोका कारण बाढी पहिरो आएको प्रधानाध्यापक रावलले बताउनुभयो । 

बाढीले विद्यालय भवन बगाएर रु ७० लाखको क्षति पु¥याएको प्रधानाध्यापक रावलले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य